प्रधानमन्त्री ओलीलाई मतदान गर्न एमालेको ह्वीप जारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई मतदान गर्न ह्वीप जारी गरिएको छ । सोही पार्टीका मुख्य सचेतक विशाल भट्टराईले पत्र काटेर सबै सांसदहरुलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

कोरोनाको कारण छलफल गर्न नसकेकाले पत्रमार्फत् सबै सांसदहरुलाई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको हो । प्रधानमन्त्री ओलीले भोलि (वैशाख २७ गते) संसद्मा संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको मत लिने भएका छन् । तर, ओलीविरुद्ध पार्टीभित्र संर्घष गरिरहेका माधव कुमार नेपाल समूहले भने के गर्छ भन्नेमा अझै अन्यौलमै रहेको छ ।

ओलीलाई विश्वासको मत दिनुअघि नै नेता नेपाल समूहले सामुहिक राजीनामाको तयारी गरेको थियो । राजीनामाको हल्लापछि ओलीले बिष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई पठाएपछि आजको लागि रोकिएको छ । ओलीले आफ्नो कदम नसच्चाए नेपाल समूहले आजै सामुहिक राजीनामा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया