‘केही व्यक्तिहरु सामूहिक राजीनामा दिएर राजनीतिक जीवन सिध्याउँदैछन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुले सामूहिक राजीनामा दिएर आफ्नो राजनीतिक जीवन नै समाप्त पार्न लागेका बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै ओलीले पार्टीलाई मजवुत बनाउनका लागि आफ्नो पक्षमा मत माग्दै सामूहिक राजीनामा दिएर आफ्नो राजनीतिक जीवन नै समाप्त पार्न लागेको टिप्पणी गरेका हुन् ।

‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अंहकार, असन्तुष्टि र इश्र्या छन् । यस आन्दोलनतर्फ उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन ।’ ओलीले भने, ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न गर्न र विरोधिहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरीर गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भएपनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।’ त्यस्तै यस्ता क्रियालाप गर्नेहरुलाई ईतिहासले मूल्यांकन नगर्ने पनि उनले अध्यक्ष ओलीले बताएका छन् ।

प्रतिक्रिया