मुख्यमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले आजै (आइतबार) मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

गुरुङले राजीनामा प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बझाएका छन् । गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफ्नो राजिनामा पत्र दिउँसो प्रदेश प्रमुख पौडेललाई बुझाएका छन् ।

प्रदेश प्रमुख पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् । साथै, उनले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् ।

प्रतिक्रिया