आज थपिए ८ हजार ८५० जना संक्रमित

काठमाडौं । आज देशभर ८ हजार ८५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया