अर्थबजार

एनसेलको राहत प्याक

सौर्य अनलाइन २०७८ वैशाख २५ गते २१:१६ मा प्रकाशित

काठमाडौं । एनसेल आजियटाले प्रत्येक रिचार्जमा बोनस, डाटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याक र एनसेल सापटीमा विभिन्न थप सुविधालगायतका राहत अफर ल्याएको छ । कम्पनीले ल्याएको रिचार्जमा बोनस डाटा अफरअन्तर्गत ग्राहकले ५० वा सोभन्दा माथिको हरेक रिचार्जमा बोनस डाटा पाउँछन् । ५० देखि ९९ को रिचार्जमा ग्राहकले ५० एमबी बोनस डाटा प्राप्त गर्छन् । बोनस डाटा १ दिन मान्य रहनेछ । त्यसैगरी सयदेखि १ सय ९९, २ सयदेखि २ सय ९९, ३ सयदेखि ४ सय ९९ सम्मको रिचार्जमा ग्राहकले क्रमशः सय एमबी, २ सय एमबी, ३ सय एमबी डाटा बोनसका रूपमा प्राप्त गर्दछन् । त्यसैगरी, ५ सयदेखि ९ सय ९९ को रिचार्जमा ग्राहकले ५ सय एमबी बोनस डाटा तथा १ हजार वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले १ हजार एमबी डाटा बोनसस्वरूप प्राप्त गर्छन् ।

३० दिने डाटा प्याकमा डबल डाटा अफरमा ग्राहकले ३० दिने डाटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युमबराबर नै थप डाटा बोनसस्वरूप प्राप्त गर्छन् । ग्राहकले करसहित २ सय ४९ रुपैयाँमा ३ दशमलव ५ जीबी डाटा लिन सक्छन् र त्यति नै डाटा भोल्युम बोनस अर्थात् कुल ७ जीबी डाटा पाउँछन् । त्यसैगरी, करसहित ३ सय ९९ मा ६ जीबी डाटा लिने ग्राहकले थप ६ जीबी बोनस गरी कुल १२ जीबी, ४ सय ९९ रुपैयाँमा १० जीबी डाटा खरिद गर्नेले कुल २० जीबी डाटा पाउँछन् ।

त्यसैगरी वर्क फ्रम होम अफरमा विपद्को घडीमा कार्यलयको कामकाज तथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकको आवश्यकता ध्यानमा राख्दै एनसेलले दैनिक तथा साप्ताहिक डाटा प्याक ल्याएको छ । दैनिक डाटा प्याकमा ग्राहकले करसहित मात्र ३१ रुपैयाँमा २ जीबी एप डाटा प्राप्त गर्छन् र सो डाटा भोल्युममार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मिटजस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ । यसका साथै ग्राहकले १ सय ५० एमबी अल टाइम डाटा पनि प्राप्त गर्छन् । त्यस्तै, साप्ताहिक प्याकअन्तर्गत ग्राहकले करसहित मात्र १ सय २७ रुपैयाँमा १४ जीबी एप डाटा तथा ३ जीबी अल टाइम डाटा प्रयोग गर्न सक्छन् ।

एनसेलको अनुसार डिजिटल प्लेटफर्ममार्फत प्याकको खरिदमा देशको विभिन्न जिल्लामा हाल लागू भइरहेको निषेधाज्ञाले गर्दा ग्राहकलाई बजारमा रिचार्ज कार्ड सहज रूपमा पाउन सम्भव नभएको अवस्थामा ग्राहकले डिजिटल प्लेटफर्म एनसेल एप, च्याटबोट र वेभसाइटमार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सक्ने भएका छन । यसका साथै ग्राहकले डिजिटल प्लेटफर्ममार्फत सेवा खरिद गर्दा विभिन्न बोनसबाट पनि लाभ लिन सक्छन् । १ दिनको प्याक १८ रुपैयाँमा, ७ दिनको प्याक ९८ रुपैयाँमा, १४ दिनको प्याक १ सय ३९ रुपैयाँमा खरिदमा १ सय ५० एमबीदेखि २ जीबीसम्म बोनस डाटाको सुविधा रहेको छ । त्यस्तै, ट्रिपल मजा प्याकअन्तर्गत ७ दिनको प्याक १ सय ९ रुपैयाँमा, १० दिनको प्याक १ सय ४७ रुपैयाँमा र ३० दिनको प्याक ४ सय ५९ रुपैयाँको खरिदमा शून्य दशमलव ५ जीबीदेखि शून्य दशमलव ७५ जीबीसम्म बोनसको फाइदा लिन सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय