अर्थबजार

तरकारी कारोबार घट्यो

सौर्य अनलाइन २०७८ वैशाख २५ गते २१:१० मा प्रकाशित

काठमाडौ । सरकारले कोभिड १९ रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि कालिमाटी तरकारी बजारको कारोबार खपत करिव ५० प्रतिशतले घटेको छ । निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक करिव ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी भित्रिने गरेको छ ।

सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रिको कारोबार र मूल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि कमी आएको छ । तरकारी खपत कम भएपनि मुल्य भने घटेको छैन । सामान्यतया तरकारी कम आउने वित्तिकै बिक्री मूल्य बढ्ने भएपनि यसपटक भने तरकारी किन्ने उपभोक्तामा पनि कमि आएकाले मूल्यमा खासै फरक परेको देखिदैन ।

तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खु्द्रा उपभोक्ताको पनि संख्यामा ५० प्रतिशतले कमि आएको छ । सर्वसाधरणलाई हिडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमि आएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका सहायक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्यालले सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबार घटेको बताएका छन ।

सामान्य अवस्थामा झण्डै ९ सय ५० मेट्रिक टन हरियो तरकारी आउने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टन जति मात्रै आउने गरेको छ । कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौला, लौका लगायत सिजनका तरकारी नेपााली उत्पादकले ल्याउने गेका छ । भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ । समितिले स्थानीय तहसंगको समन्वयनमा जुन सुकै समयमा कालिमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ । तर खरिद विक्रिका लागि भने राती १ बजे देखि बिहान ९ बजेसम्मको समय निर्धारण गरिएको छ ।

यसअघि कालिमाटी बजारमा राती ३ बजे देखि किसान तथा व्यवसायीले तरकारी ल्याउने गरेका थिए । किसान, उत्पादक तथा व्यवसायीले खरिद बिक्रिका लागि रातीको समय लम्ब्याएको भएपनि समयमै तरकारी आउन नसकेको व्यवसायीको गुनासो छ । निषेधाज्ञापछि हरियो तरकारीको मुल्यमा ५० प्रतिशतले कमि आएको र खरिदका लागि आउने व्यापारी र उपभोक्तामा पनि कमी आएको व्यवसायीहरु बताउछन । तरकारी बजार विकास समितिले कोभिड महामारीबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालनामा सहजीकरण गर्ने अभियान स्वरुप सूचना प्रकाशन, माईकिङ गरेर भीडभाड नगर्न र दुरी कायम गर्न सचेत गराउने काम पनि गर्दै आएको छ । समितिले बजार भित्र ठाउँमा स्वास्थ्य सर्तकता मापदण्ड अपनाउ आग्रह गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय