खोजखबर

रहेनन् पत्रकार दिनेश दाहाल

एसपी यादव २०७८ वैशाख २५ गते २०:५० मा प्रकाशित

सर्लाही । सुमेरु अस्पतालको भेन्टिलेटरमा उपचाररत रहेका पत्रकार दिनेश दाहालको शनिबार निधन भएको हो । कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि बैशाख १० मा उनलाई काठमाडौको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । पत्रकार दाहालको ४० वर्षको अल्पआयुमै निधन भएको छ । कोरोना संक्रमणसँगै निमोनिया देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । केही दिनअघि उनको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । तर, निमोनिया ठीक नभएपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।

जनप्रहार साप्ताहिकको सम्पादक रहेका दाहाल पछिल्लो समयमा सिटिजन पोष्ट डटकमका सम्पादक थिए । काभ्रेको मेथिनकोट घर भएका दाहालका श्रीमती एक छोरा र एक छोरी छन् । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय