काठमाडौंमा ३ हजार बढी संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा झापामा २१६ तथा मोरङमा २७३ जना संक्रमित थपिएका छन् । प्रदेश २ मा पर्सामा १३० तथा धनुषामा १०६ जना संक्रमित भेटिएका छन् । गण्डकीमा कास्कीमा ३९३, लुम्बिनीमा दाङमा ३६६ तथा रुपन्देहीमा ७३० जना संक्रमित भेटिएका छन् । सुदूरपश्चिममा कैलालीमा सर्वाधिक १२५ जना संक्रमित थपिएका छन् ।

हाल २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २१ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ । यसमध्ये ७२ हजार ६७९ होम आइसोलेसनमा, ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा, ७२८ जना आईसीयूमा तथा २३१ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया