अष्ट्रेलियाका खेलाडी माल्दिभ्स जाने

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा अनिश्चितकालको लागि स्थगित भएसँगै अष्ट्रेलिया क्रिकेट बोर्डले भारतमै रहेका खेलाडी, प्रशिक्षक, कमेन्टेर र अफिसललाई माल्दिभ्स पठाउने भएको छ । हाल अष्ट्रेलिया सरकारले भारतबाट आउने आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छ ।

अष्ट्रेलियाले आगमी मे १५ सम्म भारतबाट आउने सम्पूर्ण उडान बन्द गरेको छ । भारतबाट फर्किने आफ्ना नागरिकलाई ५ वर्ष जेल हुने अष्ट्रेलिया सरकारले चेतावनी दिइसकेको छ । यो अवस्थामा अष्ट्रेलिया आइपिएल स्थगित भएको दुई दिनदेखि भारतमै रहेका छन् । क्रिकेट अष्ट्रेलियाले आफ्ना खेलाडी देखि सबै अफिसललाई माल्दिभ्स पठाउने जनाएको छ । सुरक्षित रुपमा माल्दिभ्स पठाउने एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

आइपिएलमा अष्ट्रेलियाका १४ खेलाडीसहित कुल ४० जना भारतमा छन् । दुई साताअघि नै रोयल च्यालेन्जर्स बेंगलोरका स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर केन रिचर्ड्सन र राजस्थान रोयल्सका एन्ड्र्यू टाई अष्ट्रेलिया फर्किएका थिए । यसै हप्ता मुम्बईका खेलाडी क्रिस लिनले आफूलाई प्लेन चार्टर उडान आफूलाई लैजान माग गरेका थिए । अष्ट्रेलिया क्रिकेटले यस सम्बन्धी कुनै योजना नभएको जनाएको थियो । अब अष्ट्रेलिया खेलाडी अस्थायी रुपमा माल्दिभ्स जाने सम्भावना छ । त्यहाँ अस्थायी रुपमा बसेपछि अष्ट्रेलिया फर्किन सक्छन् ।

चेन्नईका मुख्य प्रशिक्षक माइलक हसी भने भारतमै हुने छन् । उनलाई कोरोना संक्रमण हुँदा हाइसोलेसनमा बसेका छन् । अन्य भने माल्दिभ्स जाने छन् । माइकल हसी बाहेक अन्य सबै माल्दिभ्स जाने तयारीमा रहेका छन् । क्रिकेट द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया’ (बिसिसिआई) लाई विशेष धन्यावाद दिएको छ । बिसिसिआईसँगको सहकार्यमा खेलाडी माल्दिभ्स जाने छन् ।

प्रतिक्रिया