कोभिडमा बाणिज्य बैकको नाफा ५ अर्ब बढ्यो

काठमाडौं । २७ वाणिज्य बैंकले अघिल्लो बर्षको चैत मसान्त सम्मको तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा ५ अर्ब रुपैया नाफा आर्जन गरेका छन । गत आर्थिक वर्षको चैत मसान्त सम्ममा ४५ अर्ब २५ करोड खुद नाफा आर्जन गरेका बैकहरुले कोभिडको समयमा पनि नाफा बढाएर ५० अर्ब ७४ करोड रुपैया पु¥याएका ति बैकहरुले सार्वनिक गरेका बित्तिय बिवरणमा उल्लेख छ ।

नाफाका आधारमा नबिल बैंक अगााडी रहेको छ । नबिलले ३ अर्ब ६७ करोड रूपैयाँ खुद नाफा आर्जन गरेका छन । नबिलसँगै ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया ३ अर्ब बढी कमाउने बैकमा परेका छन । २७ मध्ये एभरेस्ट, हिमालयन, स्टान्डर्ड चार्टर्ड, एनसीसी, एसबीआई र सेन्चुरीको गरी ६ बैंकको नाफा घटेको छ । नाफा बृद्धिको आधारमा एनएमबी बैक अगाडि रहेको छ । बैंकले ८८ प्रतिशत नाफा बढाएको छ भने घट्नेमा सेन्चुरी बैंक रहेको छ । उक्त बैकको नाफा ६१ प्रतिशत घटेको छ ।

सरकारले कोभिड प्रभावित उद्योगी–व्यवसायीलाई सावाँ तथा ब्याज भुक्तानीका लागि कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने र तिर्ने अवधि पनि थप गरेको एवं ऋणीले समयमै तिर्न नसकेको कतिपय सावाँ तथा ब्याजलाई पुँजीकृत गरिएका र केही पुनर्तालिकीकरण गरिएकाले नाफा बढेको आकलन गरिएको छ । ऋणीलाई चालू पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ को चैत मसान्तसम्म २७ बैंकले कुल २८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा चालू आवकोे चैत मसान्तसम्ममा ३५ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेका छन् । समग्रमा एक वर्षमा २५ प्रतिशतले कर्जा बढेको छ ।

बैंकहरूको लाभांश वितरण गर्ने क्षमता पनि औसतमा ११ प्रतिशत देखिएको छ । यद्यपि नबिल बैंक, एनएमबी बैंक र प्राइम बैंकको यो दर उच्च छ । यी बैंकको यस्तो दर क्रमशः २८, १३ र १३ प्रतिशत छ । गत आवमा ३ अर्ब ३ करोड रुपैयाँ कमाएको राष्ट्रिय वाणिज्यले यो पटक ३ अर्ब २७ करोड कमाएको छ । गत वर्ष अढाइ अर्ब मात्र कमाएको एनआईसी एसियाले ३ अर्ब नाफा कमाएको छ । गत वर्ष अढाइ अर्ब नाफा कमाएको इन्भेस्टमेन्ट बैंकले चालू आवमा २ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । प्राइम बैकले गत वर्ष २ अर्ब ३ करोड कमाएकोमा अहिले २ अर्ब ८१ करोड कमाएको छ । गत वर्ष १ अर्ब ३३ करोडमा सीमित भएको. एनएमबीले यस वर्ष २ अर्ब ५१ करोड कमाएको छ ।

नेपाल बैंकको भने नाफा २ अर्ब २६ करोड भएको छ । अघिल्लो आवमा सो बैंकले १ अर्ब ९९ करोड नाफा कमाएको थियो । गत वर्ष १ अर्ब ४६ करोडको नाफामा सीमित भएको प्रभु बैंकले २ अर्ब १० करोड नाफा आर्जन गरेको छ । त्यसैगरी, कृषि विकास बैंकले गत वर्षभन्दा ३ करोड बढी अर्थात् २ अर्ब ७ करोड नाफा कमाएको छ । सिद्धार्थ बैंकले २ अर्ब ६ करोड, मेगाले १ अर्ब ९७ करोड सानिमाले १ अर्ब ८५ करोड, कुमारीले १ अर्ब ८० करोड, नेपाल बंगलादेशले १ अर्ब ६३ करोड र सिटिजन्स बैंकले १ अर्ब ५४ करोड नाफा कमाएको छ ।

एभरेस्ट बैंकको चालू आवमा १ अर्ब ५० करोड नाफा कमाएको छ भने गत वर्ष उसको नाफा २ अर्ब ३५ करोड थियो । त्यस्तै, माछापुच्छे« बैंकले १ अर्ब २९ करोड कमाएको छ । हिमालयन बैंकले १ अर्ब २८ करोड नाफा कमाउँदा लक्ष्मी बैंक १ अर्ब २८ करोडमा सीमित भएको छ । स्टान्डर्ड चार्टड बैंकले १ अर्ब १८ करोड रुपैया आर्जन गरेको छ । बैक अफ काठमाण्डुले १ अर्ब १६ करोड नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया