आज थपिए ९ हजार ७० जना संक्रमित, मृतक संख्या ५४

काठमाडौं । आज देशभर ९ हजार ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा २० हजार ३ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ९ सय ७० र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा ५४ जनाको मृत्यु भएको बताइएको छ । योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ । २ हजार ७ सय ७ जना २४ घण्टामा संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया