ओलीलाई देउवाको सुझाव : राष्ट्रिय सहमतिका राजीनामा दिनुहोस्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले र प्रम्ख प्रतिपक्षी नेपाली कांग्रेसवीच सत्ता सहकार्यको विषयमा बुधबार शीर्ष स्तरको भेटवार्ता भएको छ । भेटवार्ताका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो टिम सहित अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवाको निवास वुढनिलकण्ठ पुगेका थिए । यही बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तरखरमा रहेका प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्र सँग संवाद विहिन अवस्थामा छन् । मधेसीदल राजपाको उपेन्द्र यादव समुहसँग पनि प्रधानमन्त्री ओलीको संवन्ध ज्यादै तिक्त छ । निर्णायक घडीमा आफ्नै पार्टीको माधव नेपाल समुहको साथ सहयोग पनि नपाउने अवस्थामा प्रधानमन्त्री ओली छन् । त्यसैले नेपाली कांग्रेसको साथ लिन प्रधानमन्त्री ओली हदैसम्म लचक देखिएको कांग्रेस स्रोतले जनाएको छ ।

गत मंगलबार साँझ काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री ओलीलाई कुनै पनि हालतमा विश्वासको मत पु¥याउन नदिने सहमति भएको थियो । यी चार नेताहरु ओली इत्तर मोर्चाबन्दी निर्माणमा कसिएपछि बुधबार ओली भेटवार्ताका लागि देउवा निवासमै पुगेका हुन् । यता प्रधानमन्त्री ओली निकट स्रोतले भनेको छ –‘ संसदमा विश्वासको मत लिने निर्णय गरिसकेको र आफ्नो पार्टी सँग एकल बहुमत नभएको अवस्थामा अन्य पार्टी सँग भेटवार्ता गर्नु प्रधानमन्त्रीको दायित्व नै हो , बुढनिलकण्ठमा भएको भेटघाट प्रधानमन्त्री ओलीको मात्रै इच्छा नभएर कांग्रेस सभापति देउवा स्वयंको पनि चाहना हो ।’

समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा समक्ष कोरोनाका कारण मुलुक संकटमा परेको वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार आवश्यक देखिएकोले त्यसका लागि मार्ग प्रसस्त गर्न विश्वासको मत लिने निर्णयमा आँफु पुगेको जनाएका थिए । उनले विगतमा पनि एमाले र कांग्रेसकै सहकार्यमा मुलुकले ठूला ठूला समस्याको गाँठो फुकाएको उल्लेख गर्दै अहिलेको संकट पनि एमाले र कांग्रेसको सहकार्यबाट नै पार लगाउन सकिने बताएका थिए ।

राष्ट्रिय सहमतिको सरकार गठन गरी मुलुकलाई संकट बाट पार लगाउनु पर्ने प्रधानमन्त्री ओलीको प्रस्तावलाई कांग्रेस सभापति देउवाले सह्राहना गरेपनि कसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने ? भन्ने सन्दर्भमा भने सहमति हुन नसकेको स्रोतको दावी छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अहिले विश्वासको मत लिने र आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने इच्छा जाहेर गरे । तर कांग्रेस सभापति देउवाले वर्तमान सरकारले राष्ट्रिय सहमतिको आकार ग्रहण गर्ने संभावना नरहेको जिकीर गरे । देउवाको जिकीर थियो –‘ तपाँइको नेतृत्वमा माओवादी केन्द्र सहभागी हुने संभावना नै छैन् । उपेन्द्र यादवलाई सरकारबाट बाहिर निस्कन तपाँइले नै वाध्य पार्नु भएको छ , त्यसैले कांग्रेसको नेतृत्वमा मात्रै राष्ट्रिय सहमतिको सरकार बन्ने संभावना छ , यसका लागि तपाँइले मार्ग प्रसस्त गर्नुपर्ने हुन्छ ।’

कांग्रेस सभापति देउवाको भनाई थियो –‘ कुनै हालतमा विश्वासको मत पुग्न नदिने भनेर कांग्रेसले निर्णय गरिसकेको छ , यही निर्णका आधारमा मैले पनि माओवादी , मधेसी लगायतका दल सँग कुराकानी गरिसकेको छु , परिस्थिति धेरै अगाडि बढिसकेकोले कांग्रेसले तपाँइलाई विश्वासको मत दिन सक्ने संभावना छैन । यदी तपाँइले कांग्रेस सँगको सहकार्य चाहनु भएको हो र राष्ट्रिय सहमतिका साथ कोभिडको महामारी सामाना गर्ने तपाँइको प्रतिवद्धता हो भने बैशाख २७ अघि नै पदबाट राजीनामा दिनोस् ।’

समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओली र कांग्रेस सभापति बीचको यो वार्ता एक्कासी भएको होइन । गत फागुन २३ गते एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्केपछि नै ओली र देउवावीच विशेष स्रोत मार्फत गोप्य संवाद चलिरहेको थियो । प्रधानमन्त्री ओलीका निकटस्थ विष्णु पौडेल र कांग्रेस सभापति देउवाका विश्वासपात्र बालकृष्ण खाँणवीच एउटा तहमा भेटवार्ता भइरहेको थियो भने अर्को तहको भेटवार्ता राष्ट्रपति विद्यादेवी भण्डारीका पारिवारिक नातेदार कांग्रेस नेता डा. नारायण खड्काले अघि बढाई रहेका थिए । डा. खड्काको सुरुदेखि नै जोड थियो –‘ सांसद खरिद विक्रिको विभत्स खेलबाट राजनीतिलाई जोगाउने हो भने कांग्रेस एमाले सहकार्यको विकल्प छैन , अहिले सम्मको इतिहास हेर्दा कांग्रेस एमाले गठवन्धनको सरकारले मुलुकलाई सकरात्मक प्रतिफल दिएको छ , अन्य गठवन्धनले मुलुकलाई संकटमा मात्रै पारेको छ ।’ तर नेपाली कांग्रेसको इतर पक्ष कुनै पनि हालतमा ओली सँग सहकार्य गर्न नहुने अडानमा रहेका कारण सभापति देउवाले निर्णय गर्न सकिहरका छैनन् ।

यसैगरी राष्ट्रिय सभामा रिक्त दुई वटा सिटमा आगामी जेठ ६ गते हुन गइरहेको निर्वाचनमा पनि तालमेल गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले राखेका थिए , तर कांग्रेस सभापति देउवाले अन्य पार्टी सँग तालमेलको निर्णय भइसकेकाले धोका दिन नमिल्ने बताए ।

प्रतिक्रिया