एमालेका नेतासहित प्रधानमन्त्री ओली देउवा निवासमा

काठमाडौं । प्रधानमन्त्री क‍ेपी शर्मा ओली नेकपा (एमाले_ का नेताहरूसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।भेटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसहित एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र नेताहरू सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा (बादल) सहभागी छन्। यस्तै, कांग्रेसका तर्फबाट सभापति देउवासहित रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधी, शशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलगायतका नेताहरू सहभागी छन्। नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको भेटमा सहभागी एक नेताले बताए।

विपक्षी दलले आफूविरुद्ध मोर्चावन्दी बनाइरहेका बेला प्रधानमन्त्री ‌ओली प्रमुख विपक्षी दलका नेतालाई भेट्न पुगेका हुन्। प्रधानमन्त्री ओलीले आउँदो २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तय भइसकेको छ।

प्रतिक्रिया