खोजखबर

निषेधाज्ञा उल्लंघन गरि अनावश्यक हिँड्डुल गर्नेलाई जरिवाना गरिने

सौर्य अनलाइन २०७८ वैशाख २२ गते ११:४४ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना तिराइने भएको छ । सडकमा खटिएका सुरक्षाकर्मीले निषेधाज्ञाको उल्लंघन गर्ने, अनावश्यक हिँड्डुल गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना गरिने जानकारी दिए ।

‘यसअघि हामीले निषेधाज्ञा उल्लंघन गर्ने मानिसलाई होल्डमा राख्दै छाड्ने गरेका थियौँ । सवारी–साधनको हकमा होस् वा विनाकारण बाहिर हिँड्डुल गर्ने मानिसको हकमा सबैलाई जरिवाना गरिनेछ, एसएसपी कुँवरले भने ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकाको संक्रमणको दर हेरेर थप कडाइ र कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय