वेष्टहमको युरोपेली सपना कायम

लण्डन । इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले बर्नलेलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ । वेस्ट ह्यामले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित हात पारेको हो । वेस्ट ह्यामको जितमा दुवै गोल मिचेल एन्टोनियोले गर्दा घरेलु टोलीका क्रिस वुडको गोल सान्तवना बन्यो । सबै तीन गोल पहिलो हाफमा १० मिनेटको अन्तरमा भएको थियो । टर्फ मुर बर्नलेमा सोमबार राति भएको खेलको १९औं मिनेटमा घरेलु टोली बर्नलेले पेनाल्टीगोलमार्फत अग्रता लिएको थियो । थोमस सौसेकले क्रिस वुडमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले बर्नलेलाई पेनाल्टी दिएको थियो । जसमा क्रिस वड आँफैले गोल गनै सफल भए ।

तर, बर्नले त्यो अग्रता लामो समय टिकेन । २१औं मिनेटमा मिचेल एन्टोनियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले भ्लादिमिर कोउफलको पासमा गोल गरेका थिए । २९औं मिनेटमा मिचेल एन्टेनियोले सेड बेनरमाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै वेस्टह्यामलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल निस्कन नसक्दा वेस्टह्याम विजयी हुन सफल भयो । जितपछि वेस्ट ह्याम ३४ खेलबाट ५८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित बर्नले ३६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

प्रतिक्रिया