नाडाद्धारा अक्सिजन सिलिन्डरको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल्स वर्कसपलाई अक्सिजन सिलिन्डर उद्योगमै पु¥याइदिन आग्रह गरेको छ । कोरोना महामारीको बेलामा अक्सिजन सिलिन्डर अभाव हुँदा धेरै कोभिड–१९ का बिरामी समस्यामा परेका छन् । आफूहरुसँग रहेको अक्सिजन सिलिन्डर अक्सिजन निर्माण गर्ने उद्योगहरुमै बुझाइ सहयोग गर्न नाडाले आग्रह गरेको हो ।

नाडा अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार देशमा रहेका अटोमोबाइल वर्कसपमा कम्तीमा एक वा दुई अक्सिजन सिलिन्डर रहेका छन् । सोही कारण महामारीमा अक्सिजन सिलिन्डर उद्योगमै दिन आग्रह उस्ले आग्रह गरेको हो । यसैबीच, नाडाले राजस्व बुझाउने म्याद थप्न माग गरेको छ । निषेधाज्ञाका कारण मूल्य अभिवृद्धि विवरण एवं कर बुझाउन सक्ने अवस्था नरहेको भन्दै निषेधाज्ञा खोलेको एक हप्तासम्म कर तथा अन्य कागजात बुझाउने व्यवस्था गर्न नाडाले आग्रह गरेको छ ।

प्रतिक्रिया