सानिमा बैंकद्वारा पाँच लाख प्रदान

काठमाडौ । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाली विद्यार्थीबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपालस्याट–२ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा प्रतिष्ठान र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ ।

सो टोलीलाई नेपालका पहिलो अन्तरिक्ष नेपालस्याट १ कोे निर्माण÷प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले ‘ड्रिम प्रोजेक्टको’ रुपमा नेतृत्व गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ । कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सन् २०२३ सम्म नेपालस्याट २ विद्यालय नामक स्याटलाइट निमार्णका लागि ा टिम निर्माण गर्ने जनाएको छ । जस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत नेपालस्याट २ मा संलग्न दुई जनालाई अन्तरिक्ष निर्माण÷प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको हो ।

देशभित्र विज्ञान तथा प्रविधिको अनवेषण तथा विकासको लागि सहयोग स्वरुप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा.मास्केलाई सो रकम उपलब्ध गराइएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपालले सन २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको पनि उल्ल्ेख छ ।

प्रतिक्रिया