वरिष्ठ नेता खनाल र पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार

‘काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा कोरोना संक्रमित भई उपचाररत दुवैको स्वास्थ्यमा सुधार भइरहेको हो ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बास्तोलाका अनुसार अक्सिजनमा राखेर उपचाररत नेता खनालको स्वास्थ्यवस्था सुधारोन्मुख छ । उनी कोरोना भाइरस संक्रमण भई गत शनिबार अस्पतालमा भर्ना भएका थिए ।

यस्तै प्लाज्मा थेरापी विधिबाट अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी शाहको अवस्थामा पनि सुधार आएको उनले बताए । गत बिहीबारदेखि पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको हो । अहिले पनि उनको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ ।

उनका अनुसार अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ । भारतको हरिद्वारमा भएको कुम्भमेलाबाट फर्किएपछि पूर्वराजारानीलाई संक्रमण भएको थियो ।

प्रतिक्रिया