खोजखबर

कांग्रेस नेता शंकर भण्डारी ग्राण्डी अस्पताल भर्ना

सौर्य अनलाइन २०७८ वैशाख २१ गते ८:४१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी ग्राण्डी अस्पताल भर्ना भएका छन् । नेता भण्डारी कोभिड उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।

उनी तीन दिनअघि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझदेखि श्वासप्रश्वासमा केही समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय