दिवेश टप सेभेनमा

काठमाडौं । अमेरिकी आइडलको प्रतिस्पर्धामा नेपाली मूलका दिवेश पोखरेल (अर्थर गन) शीर्ष सातमा पुग्न सफल भएका छन् । १८औं संस्करणका उपविजेता समेत रहेका पोखरेल ‘अमेरिकन आइडल’ को १९औं संस्करणमा टप सातमा पुगेका हुन् । सिजन–१८ का १० प्रतियोगीले यो संस्करणको गायन प्रतिस्पर्धामा भाग लिने मौका पाएका थिए । जसमा अर्थरसँगै डिवायने क्रोकर, फेथ बेकनेल, लुइस नाइट, फ्रेंकलिन बुन, सिनिया एलिसे, ओलिभिया सिमाइनेस, माकाला फिलिप्स, एलिना जेस्टर र निक मेरिको समेत छनोटमा परेका थिए ।
अमेरिकन आइडलले कोरोना सन्त्रासका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको जनाउँदै गत सिजनका १० जना प्रतिस्पर्धीलाई मौका दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया