मत-विमत

किन बनिरहेको छैन मजदुर अस्पताल ?

प्राडा ईश्वरचन्द्र घिमिरे २०७८ वैशाख १७ गते ७:४२ मा प्रकाशित

प्राडा ईश्वरचन्द्र घिमिरे

संविधानको यो प्रावधान कार्यान्वयनमा दलहरू कत्तिको इमानदार छन् ? भन्ने प्रश्नको उत्तर ज्यादै निराशाजनक छ । मुलुकमा सेनाका लागि छुट्टै अस्पताल छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि छुट्टै अस्पताल छ । निजामती सेवामा काम गर्ने कर्मचारीका लागि छुट्टै अस्पताल छ । तर, सबैभन्दा पीडित वर्गका रूपमा रहेको मजदुरका लागि छुट्टै अस्पताल छैन । किन ?

नेपालमा कोरोनाका कारण मृत्यु भएका युवाहरूको संख्या हेर्ने हो भने ९० प्रतिशत मजदुरहरू नै छन् । संक्रमित युवाहरूको संख्या हेर्ने हो भने पनि करिव ८० प्रतिशत मजदुर नै छन् । त्यति मात्रै होइन अघिल्लो पटकको लकडाउनमा दुई जना नेपाली खानै नपाएर मरेको समाचार मिडियामा आयो । ती दुवै जना मजदुर थिए । कोरोना कहरको एक वर्षको अवधिमा करिब दुई हजारले आत्महत्या गरेको समाचार मिडियामा आयो । यी दुई हजार मध्ये १ हजार ७ सय ५३ जना मजदुर थिए ।

कोरोनाको कहरका सन्दर्भमा मात्रै होइन, मुलुकमा दुर्घटनाबाट मृत्यु हुनेको संख्या हेर्ने हो भने ८० प्रतिशतभन्दा बढी मजदुरहरू नै छन् । ५० वर्षभन्दा कम उमेरका बिरामी तथा रोगीहरूको संख्या हेर्ने हो भने पनि ८० प्रतिशतभन्दा बढी मजदुरहरू नै छन् । तर, दुर्भाग्यपूर्ण कुरा के छ भने नेपालमा सबै बर्गका लागि छुट्टै अस्पतालको व्यवस्था छ तर मजदुर वर्गका लागि छैन । उत्पादनका चार अंग श्रम, पुँजी, भूमि र व्यवस्थापन हन् । जुन मुलुकमा श्रमलाई हेपिएको छ, ती मुलुकले प्रगति गरेका छैनन् । श्रमिकहरू स्वास्थ्य र सुरक्षित भए भने मात्रै उत्पादन बढ्ने हो । कामदारको व्यव्सायिक स्वास्थ्य र सुरक्षाले नै व्यापार एवं उद्योगको निरन्तरता संभव छ । त्यति मात्र होइन कामदारको सुरक्षा भए मात्र हाम्रो समुदाय, समाज र देश सुरक्षित रहन्छ । तसर्थ आइएलओले भनेझै व्यावसायिक सुरक्षा र स्वास्थ्य (यअअगउबतष्यलब िकबाभतथ बलम जभबतिज) को सुनिश्चिततामार्फत नै मजदुरको हित हुनेछ ।

तर नेपालमा ८० प्रतिशत उद्यमीलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका बारेमा जानकारी नै छैन । कतिपयले त मजदुरलाई मान्छेको व्यवहार गर्नुपर्छ भन्ने कुरा सुनेका पनि छैनन् । कुनै पेसा–व्यवसायमा संलग्न भएकै कारण काम वा पेसाको प्रकृति अनुसार अल्पकालीन तथा दीर्घकालीन रोगहरू लाग्छन् । उदाहरणका लागि इँटाभट्टामा, सिमेन्ट कारखानाजस्ता धुलो धुँवामा रहेर काम गर्ने मजदुरहरूलाई फोक्सोको रोग लाग्ने संभावना ९० प्रतिशतभन्दा बढी हुन्छ । कोरोनाको कहरमा युवा मजदुरहरूको मृत्यु बढ्नुको कारण यही हो । कोरोनाको सन्दर्भमा मात्रै होइन निमोनियाका युवा बिरामीहरूको संख्या हेर्ने हो भने ९० प्रतिशत त कारखाना तथा असंगठित क्षेत्रका मजदुरहरू नै हुन्छन् ।

शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकारका रूपमा संविधानमै उल्लेख गरिसकिएको छ । संविधानको यो प्रावधानको कार्यान्वयन अहिलेको आवश्यकता हो । संविधानको यो प्रावधान कार्यान्वयनमा दलहरू कत्तिको इमानदार छन् ? भन्ने प्रश्नको उत्तर ज्यादै निराशाजनक छ । मुलुकमा सेनाका लागि छुट्टै अस्पताल छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि छुट्टै अस्पताल छ । निजामती सेवामा काम गर्ने कर्मचारीका लागि छुट्टै अस्पताल छ । तर सबैभन्दा पीडित वर्गका रूपमा रहेको मजदुरका लागि छुट्टै अस्पताल छैन । किन ?

आजको युग विज्ञान र प्रविधि आविष्कार र उपलब्धिको युग हो । मुलुकको उन्नति र प्रगतिका लागि वैज्ञानिकले गरेका आविष्कारलाई उपभोक्तसम्म पु¥याउन र उत्पादन गर्न नभई नहुने अपरिहार्य जनशक्ति मजदुर (मानसिक र शारीरिक) दुवै काम गर्ने नै हो । देशकाल, परिस्थिति र आफ्नो पारिवारिक एवं घरायसी कारणले गर्दा अवसर र स्रोतको अभावमा क्षमता भएर पनि वा स्रोत र अवसर हुँदा क्षमता नभएर मजदुर बन्ने बाध्यता आइपर्दछ । मानिस परिस्थितिको दास हो । परिस्थितिको जाँतोले थिचेको बेरोजगारलाई सम्मानपपूर्वक क्षमताअनुसारको काम र उत्पादनअनुसारको काम र उत्पादनअनुसारको दाम दिनुको सट्टा उनीहरूको शोषण गर्ने र उनीहरूलाई भ¥याङ बनाएर हतियारको रूपमा आफ्नो अभिष्ट स्वार्थ पूरा गर्न मजदुरलाई उपयोग गर्ने राजनीतिक नेताहरूको नियति नै भएको छ ।

मिसन
२००७ सालको जनक्रान्तिको पृष्ठभूमि विराटनगरको मजदुर आन्दोलनले तयार गरेको हो । त्यस यता भएको मुलुकका हरेक अग्रगामी राजनीतिक परिवर्तनमा मजदुर वर्गको अहं भूमिका रहेको पाइन्छ । तर मजदुरका लागि कामको सिलसिलामा पेसागत कारणले लाग्ने रोगहरूका लागि रोगको निदान रोकथाम र उपचार गर्न एउटा व्यवस्थित गुणस्तरीय पेसागत रोग अनुसन्धान र व्यवस्थित गुणस्तरीय पेसागत रोग अनुसन्धान र निदान एवं उपयुक्त उपचार गर्ने केन्द्रसहितको मजदुर अस्पताल नितान्त टड्कारो आवश्यकता भएको छ । जुन आजसम्म कुनै नेता, नीति निर्माता, पार्टी कार्यकर्ता कसैले गरेको छैन । त्यो काम नगरी नहुने कर्तव्य कर्म हो । मजदुरका मसिहा भन्नेहरूले नै लेबी उठाएर खाने र मजदुरको निकृष्ट शोषण गरिरहेकाहरूको वर्तमान इतिहास साक्षी छ । कसैलाई दोष दिनु भन्दा शाश्वत सत्य तथ्य प्रष्ट्याएर मजदुरको पसिना र चोटपटकको आँसु र रगत पुछ्न, मलमपट्टि र आवश्यक उपचार गर्ने व्यवस्था होस् भन्ने अभिप्राय र संकल्प नै यो अभियान हो ।

भिजन (दृष्टिकोण)
देशको मध्य भाग पहाड र तराईको घाँटी सबै पूर्वाधारहरू निर्माण गर्न सजिलो वैकल्पिक राजधानी, भारत र चीनको समेत सबैभन्दा छोटो नाका नारायणी उपत्यका क्षेत्र हो । स्थल हवाई र भविष्यमा रेलमार्गसमेतको सुगमता एवं मेडिकल तथा शैक्षिक नगरीको रूपमा विकास गर्न उपयुक्त र आवश्यक यही क्षेत्र हो । नारायणी नदीको किनार नारायणगढको पश्चिम गैंडाकोटमा भृकुटी कागज कारखाना सुचारु गर्दा धुँवाले छाती (फोक्सो) मुटु र वोनम्यारोमा लाग्ने रोगको खतरा बढाउने फोहरको विषले नारायणी नदीका जलचर (माछा गोही) मर्ने एवं विषाक्त पानी खाँदा पाल्तु पशुहरू विरामी हुने र मर्न सक्ने अवस्था थियो र छ । सरकारले उपयुक्त क्षतिपूर्ति दिएर कारखाना अन्यत्र सार्न लगानुपर्नेछ । किनभने कारखाना चलाउन जग्गा अधिग्रहण भएको हो ।

कारखाना राम्रोसँग चलाउँछु भनेर कवुलियत गरी निजीकरणमा दिइएको हो । कारखाना बन्द भयो । अब प्लटिङ गरी घडेरी बिक्री गर्न थाल्ने हो भने यो नजिर अरु कारखानामा पनि लागू हुन सक्छ । त्यसो गर्दा नेपाल कुनै पनि कारखाना र उद्योगधन्दाविहीन हुन्छ । के नेपाल सरकार चलाउने पार्टीहरू र उद्योगी व्यापारीले यसो गर्नु उनीहरूको नैतिक इमानदारी हो, अवश्यै होइन । त्यसैले कारखाना क्षेत्रमा अस्पताल र आवास (कारखाना चलाउनेहरूको क्वार्टर) कलेज छात्रावास र स्टाफ क्वार्टर बनाउन सरकारले चित्तबुझ्दो उचित क्षतिपूर्ति दिएर दाताले पनि आफूले दिएको ठाउँको उचित मानवीय र सामाजिक रूपले पूर्ण सदुपयोग हुने गरी चलाउनुपर्छ ।

भरतपुरको क्यान्सर अस्पतालजस्तो होइन । धरानको मेडिकल कलेज (बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) जस्तै चलाउनुपर्छ । भरतपुरको १२ वर्षअघिको पुरानो सरकारी अस्पताललाई गुरुयोजनामार्फत आधुनिकीकरण एवं भरतपुरमा नेपाली विशेषज्ञहरूले चलाएको निजी चितवन मेडिकल कलेज जसरी र आवश्यक सहयोग भएर अनावश्यक दबाब र धम्की नभए अझ राम्रोसँग उत्कृष्ट रूपमा चलाएर देखाउने जिम्मेवारी भावी पुस्ताका डाक्टर, नर्सहरूलाई हस्तान्तरण गरेर छोड्न सकिन्छ ।

मजदुरहरूमाथि अब अन्याय नहोस्
मजदुर गरिब हुन्छन् । गरिबीको कारणले नै मजदुर बन्न बाध्य हुन्छन् । आज देशमा सेना, प्रहरीका अधिकृत जवानहरूका लागि सैनिक अस्पताल र कर्मचारीहरूका लागि निजामती अस्पताल जसरी चलेको छ, त्यसरी नै मजदुर वर्गका लागि मजदुर अस्पताल चल्नुपर्छ । किन आजसम्म मजदुरहरूका लागि अस्पताल बनाउने र चलाउने सोचविचार यो देशका नेता, पार्टी कार्यकर्ता, नीति निर्माण गर्ने योजनाविद्हरूको दिमागमा उम्रन वा घुस्न सकेन ? सबै जिम्मेवार वर्गले मजदुरहरूको शोषण गर्ने नियत मात्रै राखेका हुन् त ? विगत र वर्तमानको मजदुरलाई हेप्ने र शोषण गर्ने नीति बन्द गरी उनीहरूको पनि सेना, प्रहरीहरू कर्मचारीहरूलाई जस्तै उपचार गर्ने अस्पताल निर्माण गर्ने सोचको विकास होस् । त्यो सञ्चालन गर्ने जनशक्ति नेपाल चिकित्सक संघको सक्रियतामा व्यवस्था गरी चलाउन सकिन्छ ।
‘अबको नारा यस्तो होस्, जय मजदुर जय नेपाल’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय