पर्यटन व्यवसायले १० खर्ब डलर गुमायो

                            निनाम कुलुङ ‘मंगले’

खासमा सन् २०२० मा तीनदेखि चार प्रतिशतले विश्व भ्रमण गर्ने पर्यटकको संख्या बढ्ने प्रक्षेपण गरिएको थियो । तर, कोभिड–१९ को महामारीका कारण विदेश भ्रमण गर्ने पर्यटकहरूको संख्यामा ७४ प्रतिशतले गिरावट आयो । सोही कारण विश्व पर्यटन उद्योगले पर्यटकको संख्यासँगै १० खर्ब ३ अर्ब अमेरिकी डलर खुद आम्दानी पनि गुमाएको छ ।

यो तथ्यांक हालै संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनअनुसार सन् २०२० मा पर्यटन उद्योगबाट गुमेको आम्दानी रकम भनेको सन् २००९ मा विश्वव्यापी रूपमा छाएको आर्थिक मन्दीको समयमा विश्व पर्यटन उद्योगले गुमाएको खुद आम्दानी रकमभन्दा ११ गुणा बढी हो ।

हाम्रोजस्तो कुल ग्रार्हस्त उत्पादन (जिडिपी) मा पर्यटन उद्योगको योगदान केबल २ दशमलव ३, २ दशमलव ९, ३ दशमलव ४ देखी बढीमा ४ दशमलव ७ सम्म रहेको देशमा समेत लगभग १० महिनामा (कोभिड–१९) को महामारी यता मात्रै २४ अर्बभन्दा बढी नेपाली रुपैयाँ बराबरको क्षति बेहोरेको थियो । त्यस्तै पर्यटन क्षेत्रमा लागेका खासगरी पर्वतारोहण, पदयात्रा, र्याफ्टिङ, होटेल आदिका मजदुरहरूको त अहिलेसम्म बिचल्ली अवस्था छ ।

हुन पनि यो वर्ष सहर बजार (काठमाडंलगायत) मा कोरोना कहरको दोस्रो लहर चलिरहेको गम्भीर अवस्था छ भने उता सगरमाथा अर्थात् चोमोलुङमाको आधार शिविरमा इतिहासकै (सन् २०१९ मा भन्दा बढी, सन् २०१९ मा ३ सय ८२ जनाले सगरमाथा चढ्नका लागि मनुमति लिएका थिए) धेरै अर्थात् वश्वका विभिन्न देशका ४२ आरोहण दलका ३ सय ९३ जना पर्वतारोहीहरूले विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमा चढ्नका लागि प्रतिक्षारत छन् ।

पर्यटन व्यवसायी (मालिकहरू) का लागि भने नेपाल सरकारले सानो–तिनो सहुलियत प्याकेज ल्याएको छ । पर्यटन मजदुरहरूका लागि पनि सरकारले केही न केही राहत र सहुलियत प्याकेज ल्याउनुपर्ने थियो । किनभने, मजदुरहरू भनेको केवल पर्यटन क्षेत्रमा मात्रै नभएर जुनसुकै क्षेत्रमा पनि मेरुदण्ड नै हुन् । तर, पनि सरकारले पर्यटन मजदुरहरूका लागि कुनै कार्यक्रम ल्याएन ।

सरकारले उल्टै पर्यटन मजदुरहरूका लागि पनि सरकारले केही न केही प्याकेज, राहत र सहुलियत उपलब्ध गराउनु पर्यो भनी नेपाल पर्यटन बोर्डमा आफ्नो माग राख्न गएको पर्यटन मजदुरहरूको टोलीलाई प्रहरी प्रशासनले लाठी–मुङ्ग्री १ गर्ने गरेको देखिन्छ । जुन काम पर्यटन मजदुरहरू माथि भएको छ, त्यो सर्वथा अन्याय हो ।

अर्को भनेको माथि सुरुमै भनिए झैँ विश्व पर्यटन संगठन ९युएनडब्लुटिओ० ले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०१९ भन्दा अघिको अवस्थामा पुग्न विश्व पर्यटन उद्योगलाई नै धेरै समय लाग्ने देखिन्छ । एक अध्ययनअनुसार सन् २०२३ मा ४३ प्रतिशतसम्म विश्व पर्यटनमा ‘रिकभर’ हुने अपेक्षा गरिएको छ ।

गाँठी कुरो त्यस्तो भएको हुनाले नेपालमा त झनै पर्यटन समग्र उद्योगले कहिलेदेखि कति प्रतिशतसम्म प्रगति हुँदै जाने हो ? नेपालको पर्यटनलाई पुनरोत्थान गर्न कसकसले केके गर्नुपर्ने हो ? यस विषयमा संभवतः हालसम्म नेपालका कुनै पनि संघ–संस्थाले आधिकारिक रूपमा अध्ययन–अनुसन्धान गरेको छैन होला ।

हुन त सन् २०२० मा समय, परिस्थिति र अवस्था सब ठीकठाक १ भएको भए अर्थात् (कोभिड–१९) को महामारीले विश्वव्यापी असर नपुर्याएको भए नेपालमा पनि सन् २०२० मा कम्तिमा पनि २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने नेपाल सरकारको लक्ष्य रहेको थियो । त्यसका लागि नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा गरेको थियो ।

तर, (कोभिड–१९) को व्यापक असरका कारण विश्वका प्रायः सबै देशले आप्mनो देशमा विदेशीलाई भ्रमण गर्नमा प्रतिवन्ध लगाएसँगै नेपाल सरकारले पनि ढीला गरी ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई स्थगन गरेको थियो । त्यसो त (कोभिड–१९) को महामारीकै कारणले गर्दा विश्व भ्रमण गर्ने पर्यटकको संख्या सन् २०२० मा ७४ प्रतिशतले कमी आएको तथ्यांक माथि नै उल्लेख गरिसकिएको छ ।

फलतः सन् २०२० मा केवल २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । कोभिड–१९ को महामारीले विश्वव्यापी असर नपुर्याएको भए निश्चय नै विश्व पर्यटनमा सकारात्मक असरको प्रभाव पर्ने थियो भनी ठोकुवा गर्न सकिन्छ । यसरी हेर्दा आगामी दिनमा पनि हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको संख्या कसरी बढाउने ? त्यसका लागि फेरि पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

हुन त माथि शीर्षकमा भनिएझैँ समग्रा विश्व पर्यटन उद्योगले सन् २०२० मा १० खर्ब अमेरिकी डलर खुद आमदानी गुमाएको भएता पनि नेपालको पर्यटन (खास गरी पर्वतारोहण पर्यटनका लागि) सन् २०२१ को वसन्त ऋतु फलिफाप सिद्ध भएको मान्न सकिन्छ । किनभने, हालै सहयोगी गोरखापत्र दैनिकमा आएको पछिल्लो एक समाचारअनुसार नेपालमा रहेको विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमालगायत १६ वटा हिमाल आरोहणका लागि ६ सय ८९ जनालाई आरोहणका लागि अनुमति दिएको छ, नेपाल सरकारले ।

हुन पनि यो वर्ष सहर बजार ९काठमाण्डौ लगायत० मा कोरोना कहरको दोस्रो लहर चलिरहेको गम्भीर अवस्था छ भने उता सगरमाथा अर्थात् चोमोलुङमाको आधार शिविरमा इतिहासकै (सन् २०१९ मा भन्दा बढी, सन् २०१९ मा ३८२ जनाले सगरमाथा चढ्नका लागि मनुमति लिएका थिए) धेरै अर्थात् वश्वका विभिन्न देशका ४२ आरोहण दलका ३ सय ९३ जना पर्वतारोहीहरूले विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमा चढ्नका लागि प्रतिक्षारत छन् ।

प्रतिक्रिया