नेपालमा अक्सिजन उत्पादनको अवस्था

                    नारायणदत्त तिमल्सिना

कोराना महामारी सुरु भएको झन्डै डेढ वर्ष हुँदै छ । कोरोना संक्रमित बिरामीलाई अक्सिजन अत्यावश्यक छ । भारतमा अक्सिजनको अभावका कारण दिनहुँ दैनिक सयौँ बिरामीको ज्यान गइरहेको खबरले नेपालमा पनि सन्त्रास फैलाइरहेको छ । जसका कारण नेपालमा अक्सिजनको अवस्था के छ ? सरकारले अक्सिजन उद्योगीहरूसँग कत्तिको समन्वय गरिरहेको छ ? भन्ने जिज्ञासा सर्वत्र छ ।

देशभर करिब २० वटा अक्सिजन उद्योग छन् । काठमाडौं उपत्यकामै आठ वटा उद्योग चालु अवस्थामा छन् । तीन वटा बन्द छन् । कतिपय उद्योगमा दुई वटा प्लान्ट पनि छन् । महामारी बढ्न थालेपछि मात्रै मानिसले अक्सिजन उद्योगका विषयमा चासो दिएका हुन् । यसअघि सरकार, मिडिया, नागरिक समाज कसैले पनि अक्सिजनका विषयमा चासो देखाएका थिएनन् ।

अघिल्लोपटक लकडाउन भएकै एक वर्षभन्दा बढी भइसक्यो । तर, सरकारले त्यसबीचमा कहिल्यै पनि मुलुकमा अक्सिजन प्लान्ट पनि छन्, जनताको स्वास्थ्यका लागि ती अत्यावश्यक छन् भनेर चासो राखेन । दिल्लीमा अक्सिजन नपाएर ठूलो संख्यामा बिरामीको मृत्यु हुन थालेको समाचार आएपछि मात्रै सरकारले अक्सिजनबारे चासो देखाएको हो ।

सात क्युबिक लिटरको एउटा सिलिन्डरले बिरामीको अवस्था हेरी दुईदेखि तीन दिनसम्म पुग्छ । त्यसो हुँदा नेपाली उद्योगको उत्पादन क्षमता उपयोग हुँदा एकै दिन ३० हजार बिरामीलाई सेवा दिन सकिन्छ । तर, सरकारसँग अहिले बिरामी कति छन्, र तीव्र रूपमा बढेको खण्डमा कति बढ्न सक्छ भन्ने तथ्यांक हुनुपर्छ । त्यसअनुसार कति सिलिन्डर चाहिने हो, त्यसअनुसारको योजना सरकारले बनाउनुपर्यो ।

हालै स्वास्थ्य मन्त्रालयका सचिवज्यूले आफ्नो कार्यालयमा बोलाएर अक्सिजनका विषयमा चासो राख्नुभएको छ । अघिल्लोपटकको लकडाउनमा अक्सिजन उद्योगहरूले पास माग्दासमेत नपाउने अवस्था थियो । हाम्रा कर्मचारी थुनिने गरेका थिए । सरकारले फ्रन्टलाइन कर्मचारीलाई सबैभन्दा पहिला खोप दिने भन्यो ।

तर, अक्सिजन उद्योगमा काम गर्ने कर्मचारीलाई फ्रन्टलाइनमा कार्यरत कहिल्यै मानिएन । यस क्षेत्रमा काम गर्नेहरूलाई सुरक्षा दिनुपर्छ भनेर कहिल्यै सोचिएन । अक्सिजन उद्योगमा काम गर्ने हामीहरूले अहिलेसम्म पनि खोप लगाउन पाएका छैनौँ । जनतालाई कसरी बचाउन सकिन्छ भनेर भनेर हामीले २४सै घन्टा प्लान्ट चलाएर काम गरिरहेका छौँ । तर, राज्यले कहिल्यै पनि अक्सिजन उद्योगलाई देखेन ।

संक्रमणले भयावह रूप लिँदै छ, तर हाम्रा अस्पतालहरूमा भएका धेरै अक्सिजन प्लान्ट अहिले बन्द छन् । यस्तो अवस्थामा पनि सरकारले उद्योगीसँग समन्वय नगर्नु दुर्भाग्य नै थियो । अहिले आएर बल्ल स्वास्थ्य हामी उद्योगीहरू मन्त्रालयमा जान पाइयो । हामीले उद्योगहरूलाई राज्यले बिजुलीमा अनुदान देओस्, डिमान्ड चार्ज छुट गरोस् भनेका छौँ ।

बाहिरबाट सिलिन्डर आयात गर्दा छुट दिइयोस् भनेका छौँ । मेडिकल क्षेत्रका अन्य व्यवसायलाई आयकर र भ्याटमा छुट र अनुदान सहयोग दिइएको छ । त्यस्तै, ऋण अनुदान, कामदारको सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा पनि सहयोग दिइएको छ । अक्सिजन उद्योग मेडिकल लाइनमा नपर्नेजस्तो लागेर हो कि किन हो सरकारबाट हामीले कुनै सहयोग पाएका छैनौँ ।

भारतमा अक्सिजनको ठूलो अभाव भइरहेको छ । हाम्रोमा पनि त्यस्तै अवस्था होला कि भन्ने चिन्ता सर्वत्र छ । तर नेपाल अक्सिजनमा आत्मनिर्भर छ । नेपालमा अक्सिजनको बजार अभाव भएर औद्योगिक घरानाहरूले समेत अक्सिजन प्लान्ट बन्द गरे । तर, बजार हुँदो हो त ती उद्योग बन्द हुने थिएनन् । अहिले महामारी आएका कारण मात्रै माग उच्च भएको हो ।

सरकारले भारतबाट आउने लिक्विड अक्सिजन बन्द गर्ने हो भने नेपाली उद्योगहरूले पर्याप्त मात्रामा अक्सिजन उत्पादन गर्न सक्छन् । त्यसो हुँदा सरकारले लिक्विड अक्सिजन आयात बन्द गरी स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्छ । सरकारले सिलिन्डर आयातमा भन्सार छुट दिने भन्ने कुरा सुन्नमा आएको छ ।

हाम्रो सगरमाथा अक्सिजन नेपाल प्रालिको क्षमता २ सय ५० क्युबिक मिटर प्रतिघन्टा हो । अहिले हामीले २४सै घन्टा उद्योग चलाइरहेका छौँ । यसरी हामी सानो–ठूलो औसत मिलाएर दैनिक आठ सयदेखि साढे ८ सय सिलिन्डर उत्पादन गर्छौँ । काठमाडौं उपत्यकाका आठवटा उद्योगले दैनिक ६ देखि सात हजार सिलिन्डर उत्पादन गर्छन् ।

मुलुकभरका सबै उद्योगको क्षमताको तथ्यांक मसँग पनि छैन । तर, औसतमा मुलुकभर २० वटा उद्योग रहेछन् भने दैनिक ६ सय सिलिन्डर उत्पादन गरे भने पनि १० देखि १२ हजार सिलिन्डर अक्सिजन प्रतिदिन उत्पादन हुन्छ । तर, सबै उद्योग पूर्ण क्षमतामा नचलेका हुन सक्छन् । खासगरी उपत्यका बाहिरका उद्योगहरू पूर्ण क्षमतामा चलेका छैनन् होला ।

त्यसो हुँदा हाल उत्पादन भइरहेको सिलिन्डर संख्या फरक पर्न सक्छ । तर, पछिल्लो समय भारतमा बढी अक्सिजन खपत भइरहेको र अभावसमेत भइरहेकाले मानिसले अक्सिजन भण्डार गरेर राख्ने गरेको पनि देखिन्छ । नेपालमा भारतबाट पनि अक्सिजन आयात हुँदोरहेछ । भारतबाट हुने आयात र हाम्रो उत्पादनबीचको सन्तुलन कस्तो छ ? भन्ने सन्दर्भलाई पनि ध्यान दिनु जरुरी हुन्छ ।

भारतबाट ट्यांकरमा तरल (लिक्विड) अक्सिजन ल्याउने हो । त्यसरी लिक्विड ल्याएर खासगरी अस्पतालहरूले त्यसलाई अक्सिजनको फर्ममा लैजान्छन् । भारतबाट महिनाको दुईदेखि तीन ट्यांकर (प्रतिट्यांकर २० हजार लिटर) यस्तो अक्सिजन आउने गरेको मेरो जानकारीमा छ । त्यसरी भारतबाट लिक्विड आयात गर्न दिइरहनु भनेको नेपालका उद्योगहरूलाई बन्द गर भन्नु हो । वारिका अस्पताल र पारिका अक्सिजन मिलाएर नेपाली उद्योगलाई विस्थापन गर्न खोजिएको हो । नेपाली उद्योगलाई जोगाउने हो भने भारतबाट लिक्विड अक्सिजन आयात बन्द हुुनुपर्छ ।

सात क्युबिक लिटरको एउटा सिलिन्डरले बिरामीको अवस्था हेरी दुईदेखि तीन दिनसम्म पुग्छ । त्यसो हुँदा नेपाली उद्योगको उत्पादन क्षमता उपयोग हुँदा एकै दिन ३० हजार बिरामीलाई सेवा दिन सकिन्छ । तर, सरकारसँग अहिले बिरामी कति छन्, र तीव्र रूपमा बढेको खण्डमा कति बढ्न सक्छ भन्ने तथ्यांक हुनुपर्छ । त्यसअनुसार कति सिलिन्डर चाहिने हो, त्यसअनुसारको योजना सरकारले बनाउनुप¥यो । सबै सिलिन्डर अस्पताल वा उद्योगमा नहुन सक्छन् । खाली सिलिन्डर गाडीमा हुन्छन्, भर्न जानुप¥यो, त्यसैले बजारमा भएका आधा सिलिन्डर मात्र सेवामा प्रयोग हुन्छन् । तसर्थ सन्तुलन मिलाउनु पनि जरुरी छ ।

हामीसँग भएकामध्ये २० प्रतिशत मात्रै गोदाममा हुन्छन् । बाँकी सिलिन्डरहरू अस्पताल, डिपो, डिलरमा वा उत्पादनमा रहन्छन् । त्यसो हुँदा जति छिटो सिलिन्डर उद्योगमा पुगे र रिफिलिङ गर्न पायो, त्यति नै धेरै आपूर्ति गर्न सकिने अवस्था हुन्छ । सबैले अक्सिजन प्रयोग गरिसकेपछि सिलिन्डर घरमा राख्ने होइन कि तत्कालै उद्योगलाई उपलब्ध गराउन हुन म आग्रह गर्न चाहन्छु । समयमा रिफिलिङ गर्न पाइएन भने एकैपटक ३० हजार बिरामीलाई अक्सिजन पु¥याउन सकिन्न ।

हाम्रो उद्योगसँग १४ हजार सिलिन्डर थिए । अन्य उद्योगसँग पनि यस्तै–यस्तै संख्यामा सिलिन्डर हुन सक्छन् । कोहीसँग थोरै होला, कसैसँग धेरै होला । औसतमा एउटा उद्योगसँग १० हजार सिलिन्डर हुँदा पनि नेपालमा दुई लाख सिलिन्डर हुन सक्छन् । थोरैमा पनि एक लाख सिलिन्डर नेपाली उद्योगसँग छ । अहिले सरकारले २५ हजार थान नयाँ सिलिन्डर ल्याउन दिने भनेको छ । स्वास्थ्य सचिवज्यूले भन्सार छुट गरिदिन्छौँ, भ्याट छुटका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिदिन्छौँ ।

एक प्रतिशत भन्सारमा थप सिलिन्डर आयात गर्नुस् भन्नुभएको छ । त्यसका लागि सस्तो ऋणका लागि राष्ट्र बैंकमा समेत पत्राचार गरिदिन्छौँ भनेर सचिवज्यूले भन्नुभएको छ । तर, नयाँ सिलिन्डर ल्याउन समय लाग्छ । कम्तीमा पनि डेढ महिना लाग्छ । त्यसो हुँदा सरकारले सहजीकरण गरेर छिटोभन्दा छिटो नयाँ सिलिन्डर ल्याउने व्यवस्था गर्नुपर्छ । सरकारले अबको केही महिनामै तीन लाख संक्रमित पुग्ने प्रक्षेपण गरेको छ । त्यस्तो अवस्था आयो भने बिरामीलाई पुर्याउन मुस्किल हुन्छ । अक्सिजन प्लान्टहरू बेला बेला मर्मत–सम्भार पनि गर्नुपर्छ ।

२४सै घन्टा एउटै गतिमा उत्पादन हुँदैन । एकैपटक धेरै बिरामी हुँदा सबैलाई अक्सिजन पुर्याउन गाह्रो हुन सक्छ । सरकारले औद्योगिक क्षेत्रमा प्रयोग हुने अक्सिजनलाई बन्द गर्नुपर्छ । अहिले महामारीको अवस्थामा सबैभन्दा पहिला बिरामीलाई अक्सिजन उपलब्ध गराउनुपर्छ भनेर औद्योगिक खपतलाई बन्द गरियो भने अक्सिजनको अभाव होला कि भन्नुपर्दैन । किनभने उद्योगमा दिनको १५ सयदेखि दुई हजार सिलिन्डर खपत हुन सक्छ । त्यसलाई पनि बिरामीकहाँ ल्याउने व्यवस्था गर्नुपर्छ ।

भारतको तस्बिर देखेर नेपाली जनता र सरकार पनि आत्तिएका छन् । भारतको जस्तो त्यस्तो अवस्था नेपालमा नआउला भन्न सकिन्न । हाम्रोमा सिलिन्डरको संख्या थोरै नै छ । राज्यले अनावश्यक क्षेत्रमा पनि लगानी गरिरहेको छ । यो अत्यावश्यक सामग्री हो । सरकारले सरकारी अस्पतालमा मात्रै सिलिन्डर किनेर दियो भने पनि हामी रिफिलिङ गरिदिन्छौँ ।

सरकारले कम्पनीहरूलाई सिलिन्डर किनेर दिनुपरेन, अस्पताललाई किनिदिए पुग्छ । सरकारले उद्योग खोल्ने होइन, निजी क्षेत्रले त्यो गर्छ । तर, अस्पतालहरूमा पर्याप्त सिलिन्डर हुने व्यवस्था सरकारले गर्नुपर्छ । त्यति मात्रै होइन, भएको सिलिन्डरलाई मुभमेन्ट गराइरहने दायित्व पनि सरकारको हो । अक्सिजन उद्योग अहिले पनि घाटामा छन् । सरकारले यति काम गरिदियो भने उद्योगहरूलाई पनि सहयोग हुन्छ ।

(नेपाल अक्सिजन उत्पादक संघका महासचिव तिमिल्सेनासँग कुराकानीमा आधिारित हुन्)

प्रतिक्रिया