कसरी अघि बढाउने प्रेम संवन्ध ?

                  मिलन आफन्त

प्रेममा गल्तीहरूका हिसाबकिताब राखिनुहुन्न । प्रेममा वितिसकेका समय र कामको असफलताको पनि कुनै महत्व रहँदैन, यसको लेखाजोखा गरिँदैन । हामीहरू मध्ये कोही पनि आदर्शवान छैनौँ । दामपत्य जीवनमा हामी सबैले सबै काम ठीक गर्छौं भन्ने हुँदैन । हामी मध्ये कतिले कयौँपटक आफ्नो जीवनसाथीलाई भावनात्मक चोट पुर्याएका छौँ । जे होस् हामीले अतितलाई बदल्न सक्दैनौँ तर आफ्ना गल्तीहरूलाई भने सहजै स्वीकार गर्न र सच्याउन सक्छौँ । जतिखेर कुनै गल्ती गर्छौं त्यतिखेर सच्चा हृदयले माफी माग्यौँ भने त हामीसित न्यायमा माफीको विकल्प रहँदैन ।

यदि हामीले एकअर्काप्रति अन्तरंग सम्बन्धमा, आत्मीयता बनाइएको हो भने हामीले एकअर्काको इच्छा, भावना जान्न आवश्यक हुन्छ । यदि हामीले आपसमा प्रेम गर्न चाहान्छौँ भने आफ्नो पे्रमी वा पे्रमीकाले के चाहेको छ भन्ने कुरा बुझ्नुपर्छ । आफ्नो जीवनसाथीको भावना बुझेर काम गरे मात्र वैवाहिक जीवन सफल हुनेमा कुनै शंका रहन्न । हामीले हिजोका दिनहरूको असफलताबाट मुक्त भएर वर्तमानको दिनहरूमा आनन्दले बाँच्नका निमित्त प्रतिज्ञा गर्न सक्छौँ । माफी दिनु भनेको प्रेमको अभिव्यक्ति हो ।

पति पत्नी सोफामा बसेर टिभी हेर्नु भन्दा त्यसलाई बन्द गरेर एकले अर्कोलाई हेर्ने, एकआपसमा कुरा गर्ने (चाहे आफ्ना मनोभाव हुन वा घरायसी र व्यवहारिक हुन्) गर्नुपर्दछ । यसको अर्थ यो पनि हो कि एकै साथमा मिलेर घुुम्न जानु वा कुनै रेस्टुरेन्ट अथवा होटलमा खाना खान जानु अनि आमनेसामने (मुखामुख) भएर कुरा गर्नु ।

गल्तीको बदलामा म तिमीलाई माया गर्छु मैले तिम्रो ख्याल राखेको छु, मैले बिर्सिएको छैन, त्यसैले तिमीलाई माफ गर्ने सोचाइ बनाएको छु । तिमी मेरो जीवनसाथी हौँ, त्यसैले हामी दुईजना मिलेर एकै साथ हिँडौँ, एकै साथमा बसौँ ।’ जस्ता शब्दहरू दयालु भावानामा भर्नमा एकअर्काको प्रेमलाई सजिव बनाउँछन् ।

प्रेमले आग्रह गर्छ माग गर्दैन । विवाहित जोडीले आत्मीयतालई विकसित गर्ने हो भने त एकले अर्काको इच्छा जान्न आवश्यक हुन्छ । त्यसैगरी एक अर्कोप्रति प्रेम गर्न चाहान्छन् भने त आफ्नो सामु रहेको व्यक्ति वा मन पराएको व्यक्तिले के कुरा चाहेको छ, त्यो कुरा बुझ्नुपर्दछ । जब तपाईंले आफ्नो जीवनसाथीसित आग्रह गर्नुहुन्छ, तब तपाईंले उसको योग्यता र स्वाभिमानीलाई सकारात्मक समर्थन दिनुहुन्छ ।

ऊसित पनि क्षमता छ, उसले केही गर्न सक्छ भन्ने भावना दर्शाउनुहुन्छ भने तपार्इंका लागि अर्थपूर्ण तथा महत्वपूर्ण हुन्छ । एकले अर्को व्यक्तिलाई गरिएको आग्रहमा छनोट गर्न पाउने तत्व लुकेको हुन्छ । तपाईंको साथीले त्यो आग्रहलाई स्वीकार गर्न पनि सक्छन्, किनभने प्रेमको अर्थ नै छनोट गर्नु हो । जुनसुकै प्रेमी र प्रेमीकाको बीचमा आपसी विश्वास र सहमतिका कारणले नै प्रेम दिगो हुन्छन् ।

प्रचलित अंग्रेजी उक्ति छ जीवनमा सफलता प्राप्त गर्ने एउटा सिद्धान्त छ, त्यो हो–प्रेम गर्न सिक्नु । प्रेमलाई दिगो बनाउने हो भने पतिपत्नी एकै साथमा बसेर समय व्यतित गर्नु पर्दछ । पति–पत्नी शान्त वातावरणमा आनन्द बसेर, दिनमा केही समय मात्र भए पनि आफ्ना मनोभाव व्यक्त गर्न सक्नुपर्छ, त्यस्तो प्रतिवद्ध समय नै प्रेमको सूत्रभित्र पर्छ । पति पत्नी सोफामा बसेर टिभी हेर्नुभन्दा त्यसलाई बन्दगरेर एकले अर्कोलाई हेर्ने, एकआपसमा कुरा गर्ने (चाहे आफ्ना मनोभाव हुन वा घरायसी र व्यावहारिक हुन) गर्नुपर्दछ ।

यसको अर्थ यो पनि हो कि एकै साथमा मिलेर घुुम्न जानु वा कुनै रेस्टुरेन्ट अथवा होटलमा खाना खान जानु अनि आमनेसामने (मुखामुख) भएर कुरा गर्नु । प्रतिवद्ध समयको मुख्य उद्देश्य हो, सँगसँगै बस्नु एकत्वपन मेरो अर्थमा भने निकटता मात्र होइन । एकै साथमा बस्नुको अर्थ हो, एकअर्कासित केन्द्रित रहेको एकाग्रता । हामीले एकै साथमा बसेर एकैखाले सोच विचार तथा समानताको आधारमा जीवन चलाउनु अनि जीवनसाथीप्रति एकाग्र रूपमा ध्यान दिनुपर्दछ ।

कुनै समान गतिविधिमा समय बिताउनु वा राम्रो कुराको प्रदर्शन गर्नु भनेको एकले अर्काप्रति ध्यान दिनु हो । किनकी हामीहरू एक अर्कासित मिलेर काम गर्न मन पराउँछौँ । वैवाहिक जीवनलाई प्रेममय बनाउन पतिपत्नीले बोलीचालीमा पनि ध्यान दिनुपर्दछ । सहानुभूति पूर्ण वार्तालाप जसमा दुई जनाले आफ्नो अनुभव, विचार, भावना र इच्छा मित्रता पूर्ण पृष्ठभूमिमा आदानप्रदान गर्न सक्छन् । यस विषयमा पतिपत्नी चनाखो हुनुपर्दछ । प्रतिवद्ध कुराकानीमा सहानुभूतिपूर्वक कुरा सुन्नु मात्र होइन, त्यति नै मात्रामा बोल्न पनि आवश्यक हुन्छ ।

उपहार प्रेम र विवाहको अभिन्न अंग हो । सबैखाले संस्कृतिमा उपहार दिनु भनेको प्रेम र विवाहको प्रक्रियामा एउटा अटुट अंग नै मानिन्छ । उपहार दिनु र लिनु प्रेमको अभिव्यक्ति पनि हो । उपहार भनेको प्रेमलाई देखाउने खालको प्रतीक हो । उपहारलाई विचारको सूचक पनि भन्न सकिन्छ । उपहार भनेको एक रुपैयाँ पनि एक करोड जस्तै हुन सक्छ ।

उपहारको छनोट गर्नु पनि एउटा ठूलो कला हो । आफूलाई मनपर्ने मानिसलाई आफ्नो रोजाइको उपहार दिनु भनेको महान कार्य हो । प्रेम र विवाहमा धेरै कुराले महत्व राख्दछन् । त्यसलाई यति सानो लेखमा समेट्ने असम्भव छ तैपनि प्रेम र विवाहमा मनोवैज्ञानिक ढंगले विश्लेषण गर्ने प्रयत्न गर्यौँ । हामी पनि एकअर्कालाई माया गर्यौँ र विश्वलाई प्रेममय बनाऔँ ।

प्रतिक्रिया