अनावश्यक काममा घरबाट बाहिर ननिस्कन भारतीय प्रधानमन्त्री मोदीको आग्रह

नयाँदिल्ली । कोरोना महामारी नियन्त्रणको अन्तिम विकल्प प्रभावित क्षेत्रलाई अन्य क्षेत्रसँगबाट अलग गर्नु नै रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । कोरोना संक्रमणको दोस्रो लहर थप जटिल हुँदै गएपछि प्रधानमन्त्री मोदीले समस्यालाई नियन्त्रणमा राख्न प्रतिबन्धात्मक निर्देशनको सहारा लिनुको विकल्प नदेखिएको बताएका हुन् ।

देशवासीको नाममा गरिएको सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनावश्यक काममा घरबाट बाहिर ननिस्कन र स्वास्थ्य सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

उनले भारतमा कोरोनाविरुद्धको खोप अभियान तीब्र गतीमा अघि बढिरहेकोले यसबाट कोही भारतीय नागरिक बन्चित नहुने विश्वास व्यक्त गर्दै सरकारले महामारी नियन्त्रणका लागि यथासम्भब काम गरिरहेको पनि बताए । उक्त अवसरमा उनले देशका युवाहरूलाई कोभिड सचेतना अभियान चलाउनसमेत आग्रह गरे ।

भारतमा कोरानाका कारण हालसम्म एक लाख ८२ हजार ५०० बढीको मृत्यु भइसकेको छ भने संक्रमितको सङ्ख्या एक करोड ५६ लाख ९ हजार बढी पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेको सङ्ख्या करिब ३ लाख पुगेको छ भने करिब दुई हजार कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया