उपाध्यायको रेकर्ड

काठमाडौं । गीतकार ड. डिआर ९धर्मराज० उपाध्यायले गीत संगीतबाट सबैभन्दा बढी रेकर्ड कायम गर्ने व्यक्तिको कीर्तिमानी बनाएका छन् । विभिन्न फरक फरक शैलीका गीत, संगीत तयार गरेर उनले विश्वका तीन दर्जनभन्दा बढी विश्व रेकर्ड संस्थाबाट ५१ वटा विधामा रेकर्ड बनाएका छन् । यसअघि विभिन्न ३२ विधामा गिनिज अफ वल्र्ड रेकर्डसहित विभिन्न रेकर्ड बनाएका डा।उपाध्यायले फेरी गीत संगीतसम्बन्धी थप १९ वटा गरी ५१ वटा विधामा नयाँ विश्व रेकर्ड बनाएका हुन् ।

उनले यसपटक अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, युरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, आसाम वल्र्ड रेकर्ड, बंगाल वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, एभरेस्ट वल्र्ड रेकर्ड, चम्पियन वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, दुवई वल्र्ड ट्यालेन्ट बुकमा १९ फरक विधामा विश्व कीर्तिमानी बनाएका हुन् ।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गीतकार तथा साहित्यकार डा। उपाध्यायलाई यी सबै वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे । यसपटक उनले १५० भन्दा बढी देशको पर्यटन स्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी, रेकर्ड तथा रिलिज गरेर, १७५ देशका मुद्राको नाममा गीत–संगीत तयार गरेर, कदेखि ज्ञसम्म ३४ वटा प्रत्येक वर्णको गीत लेखी पुस्तक ल्याएर रेकर्ड बनाएका हुन् ।

यस्तै, ५५ वटा फरक फरक फुलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरैपटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटी गीत बनाई रेकर्ड गरेर उनले नयाँ कीर्तिमानी बनाएका हुन् । यसैगरी आफ्ना गीतहरु चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोस्टकार्डमा छापेर, सकारात्मक सोचमा फाइदासम्बन्धी गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायकगायिकाको स्वरमा एकैपटक गीत रेकर्ड गराएर डा. उपाध्यायले कीर्तिमान कायम गरेका हुन् ।

विश्व रेकर्ड प्रमाणपत्र प्रधान गरिने सो कार्यक्रममा अग्रज गायिका ज्ञानु राणा, गायक तथा संगीतकार सागर अधिकारी, गायक जुगल आचार्यले आफ्ना विमोचित एक एकवटा गीत सुनाए । विश्व रेकर्डमा परेका गीत उनीहरुले कार्यक्रममा सुनाएका थिए । कार्यक्रममा डा. उपाध्यायको विश्व कीर्तिमानी गीति पुस्तक चोट, प्रेयसी तथा गीतिसंग्रह सपनाको महल, धड्कन, धर्ती र जीवन, प्रनिभाको पनि पूर्वप्रधानमन्त्री चन्दले लोकापर्ण गरे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री चन्दले यसरी गीत संगीतसम्बन्धी ५१ वटा विश्व रकेर्ड राख्ने डा। उपाध्याय विश्वकै विरलै स्रष्टामा पर्ने बताए । देशलाई चिनाउन डा। उपाध्यायले गरेको यो कार्य जति प्रशंसा गर्दा पनि कमै हुने भनाई चन्दको थियो । पूर्वमन्त्री रामेश्वर राय यादवले पनि आफ्ना स्कुले साथी गीतकार तथा साहित्यकार डा. उपाध्यायले नसोचेको विश्व रेकर्ड बनाएर सबैलाई चकित तुल्याएको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा डा. सुरेन्द्र केसीले राज्यले भ्रष्ट फटाहालाई तक्मा बाँडेको बेला एक नेपाली स्रष्टाले फरक ५१ वटा विधामा विश्व रेकर्ड बनाउनु सरकारकै लागि व्यंग्य भएको बताए । उनले आफ्ना कीर्ति र विश्व रकेर्डमार्फत नेपाली र नेपाली संगीतलाई विश्वमाझ पुर्याएको पनि उनले बताए । डा. उपाध्यायले हामी नेपाली पनि साहित्य तथा गीत–संगीत सिर्जनामा विश्वका स्रष्टाभन्दा काम छैनौं भनेर प्रमाणित गर्न पछिल्लो तीन वर्षभित्रै आफूले यस्तो रेकर्ड बनाएको बताए ।

प्रतिक्रिया