नेपाली मिडिया : कसको आवाज ?

                         निनाम कुलुङ ‘मंगले’

बाघ लोप हुन लागेको, सुँगुरलाई संगिनी सुई लगाएको, भैंसीले जन्माएको पाडापाडीको जन्म दर्ता गरेको, गाई भीरबाट लडाएको, बाख्राको बिमा गरेको, सर्प समातिएको, हात्ती मरेको, नयाँ जातको चरा फेला परेको गैंडा मरेको आदिचाहिँ पहिलो पृष्ठमा फोटोसहित एंकर न्युज बनाएर महत्वका साथ छाप्ने गर्छन् । ‘मानवअधिकारको उल्लंघन आन्तरिक र अन्तर्राष्ट्रिय बित्याँसको अवश्यम्भावी कारक तत्व हो ।

संसारमा देखा परेका शक्तिशाली पृथकतावादी आन्दोलनलाई उपेक्षाले सघाएको छ । व्यापारदेखि सञ्चारसम्मका क्षेत्रमा विश्वव्यापी (बाहिरिया) शक्तिहरूले राष्ट्रिय सार्वभौमसत्ता क्षय गराउनुका साथै विरोधाभास रुपमा सोको पृथकतावादी प्रवृत्तिलाई टेवा दिएको छ । फरक धारणा राख्ने अधिकार, दुःखको कुरा, विभाजनको संघर्ष हुन गएको छ ।’ यो भनाई हो यस शताव्दीका महान राजनेता नेल्सन मण्डेलाको ।

विश्वकै लामो जेल जीवन बिताएका राजनेता तथा दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाले भने जस्तै नेपालमा पनि फरक धारणा राख्नु विभाजनको संघर्ष हुन गएको छ । खासगरी पहिचानको आधारमा संघीयता लागू गर्ने माग गर्नु, जातीय स्वपहिचान स्थापित हुनुपर्ने माग गर्नु, जनसंख्याको आधारमा पूर्ण समावेशी समानुपातिकता लागू गर्ने माग गर्नु, मातृभाषामा उच्च शिक्षा लागू गर्नुपर्ने भनी माग गर्नु, धर्म निरपेक्षतालाई सबै जातजाति र भाषाभाषीको मर्मअनुसार र, उनीहरूको जनजीवनमा व्यावहारिक रूपमै लागू गर्ने माग गर्नु आदि इत्यादिलाई यहाँका शासक वर्गका मान्छेहरू र शासकहरूले फुटवादी, जातिवादी, साम्प्रदायीक समाज भँडुवा, धार्मिक दंगा निम्त्याउने कडीको रूपमा लने गर्छन् ।

तर, जसरी नेपालमा नेपालको भौगोलक एकीकरणसँगै नेपालका सम्पूर्ण आदिवासी जातजाति, भाषा, संस्कार, संस्कृतिहरू हुँदाहुँदै पनि हिन्दू धर्म, हिन्दू संस्कार, संस्कृति मान्नैपर्ने खस नेपाली भाषा बोल्नैपर्ने, हिन्दू देवी–देवताहरू पुज्नैपर्ने आदि व्यववहार जबरजस्ती लागू गर्दा देशमा फुट आएन, जातिवाद भएन, साम्प्रदायकिता भएन, समाज भाँडिएन, धार्मिक दंगा निम्तिएन भने, अब देशको वास्तविकताअनुसार र आदिवासी जनजातिहरूका मागअनुसार सम्पूर्ण जातजाति, भाषाभाषीका संस्कार, संस्कृति, रीतिरिवाज पनि व्यववहारमा लागू गर्दा कसरी धार्मिक दंगा हुन्छ ? जातीय भड्काव आउँछ ? जसरी नेवारहरूको दौरा–सुरुवाल र ढाकाटोपी (हाल भादगाउँले टोपी) लाई राज्यले नै प्रवन्ध गरेको छ, त्यसरी नै अन्य आदिवासी जनजातिहरूको भेषभुषालाई पनि प्रवन्ध गर्ने बारेमा कुरो गर्दा कसरी सामाजिक सद्भाव बिग्रन्छ ? अझ कतिपय राज्यपक्षका चिन्तक, विश्लेषक, लेखक, मिडिया, मियियाकर्मी, मानवअधिकारकर्मी, मानवअधिकारवादी संघ–संस्थाको अगुवाहरू नै ‘यो पनि कुनै इस्यु हो र ! साम्प्रदायिक र जातीवादी कुरो गर्ने ?’ भन्छन् ।

नेपालको हकमा आदिवासी जाजातिहरू, जो पहुँचमा पुगेका छन्, उनीहरूले नै जातीय स्वपचिान विहीनहरूले खोजिरहेको वा आप्mनो जातीय पहिचान स्थापनाका लागि गरिरहेको संघर्षलाई नैतिक समर्थन गर्नुको सट्टा बाहुनवाद लागू गर्छन् । यसरी गलत ढंगले हौवा फिँंजाएपछि नेपाल सरकार, सरकारका विभिन्न सरकारी कार्यलयहरू, नेपाल सरकारले गठन गरेका कार्यदल, प्रतिष्ठान, आयोग, समिति आदि र तिनका कर्मचारीहरू, अन्य जातीय संघ–संस्थाहरू, विदेशी नियोग, मानवअधिकारसंँग सम्बधिन्त आइएलओको नेपालस्थित कार्यलय, आवाज विहीनहरूका पनि आवाज भनिएका मिडियाहरू, आइएनजिओ–एनजिओहरू, नेपालस्थित दातृ निकायहरू, मानवशास्त्री, समाजशास्त्री, भाषाविद, विषयविज्ञ, लोकल एनजिओहरू, स्वतन्त्र व्यक्तिहरूले पनि दूधको दूध पानीको पानी छुट्याउन सक्दैनन् वा चाहँदैनन् ।

खासगरी ‘आवाज विहीनहरूका पनि आवाज’ भनिएको मिडियाहरूले नै आदिवासी जनजातिका विषयहरूलाई समाचारै नमान्ने गरेका छन् । तर, बाघ लोप हुन लागेको, सँुगुरलाई संगिनी सुई लगाएको, भैंसीले जन्माएको पाडापाडीको जन्म दर्ता गरेको, गाई भिरबाट लडाएको, बाख्राको बिमा गरेको, सर्प समातिएको, हात्ती मरेको, नयाँ जातको चरा फेला परेको गैंडा मरेको आदिचाहिँ पहिलो पृष्ठमा फोटोसहित एंकर न्युज बनाएर महत्वका साथ छाप्ने गर्छन् । यसरी हेर्दा नेपालका आदिवासी जनजाति, उत्पीडित वर्ग–समूह र क्षेत्रका मानिसहरू गाई–गोरु, भैंसी, चरा, गैँडा, हात्ती, सर्प, बाघ, सुँगुर आदि जनावरभन्दा पनि कम महत्वका हुन् त ? अभैm पनि प्रश्न गर्न सकिन्छ ।

हुन त नेपालका केही दैनिक पत्रपत्रिका र अनलाइन मिडियाहरूले नेपालका आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, मधेसी आदिबारे आक्कल–झुक्कल समाचार र लेख रचनाहरू छाप्ने गरेका छन् । तापनि अधिकांश दैनिक पत्रपत्रिकाका सम्पादक तथा लेख रचना प्रमुखहरू सकेसम्म जातजाति, भाषाभाषी, समावेशीता, समानुपातिक समावेशी आदिबारे (केही दैनिकले दलित लेखकको लेख र दलित विषयमा सामग्री छापि निरन्तर छापी रहेको छ) मा लेख रचना, नआए हुन्थ्यो, कथंकदाचित आएको लेख रचना छापेपछि प्रतिक्रिया नआए हुन्थ्यो , भन्ने मनसाय राख्छन् । किनभने, कतिपय दैनिक पत्रिकाले आप्mनो पत्रिकामा छापिएको लेखप्रति असहमति जनाएर पठाएको पाठकपत्र वा प्रतिक्रिया समेत नछापेको साह्रै नमीठो र तीतो अनुभव यो पंक्तिकारकै रहेको छ ।

त्यसो त नेपाली मिडियामा अनुदारवादी रुझान राख्ने भनी चिनिएका बाहुन, क्षेत्री कामरेडहरू भन्दा चर्का ‘राई !’ कामरेडहरू आजभोलि देखिन थालेका छन् । जस्तै कुनै ‘अ’ वा ‘उ’ नामको ‘राई !’ ज्युले सञ्चालन गरेको अनलाइन न्युज पोर्टललाई समाचार पठायो । आप्mनो अनलाइनमा प्रकाशनार्थ आएको समाचार वा लेख रचनाको बारेमा अनलाइन न्युज पोर्टलका सञ्चालक ‘राई !’ ज्यु लाई के हो कसो थाहा भएन अतः छाप्यो ।

तर, त्यसपछि ‘अ’ भन्ने व्यक्तिले पनि ‘उ’ भन्ने व्यक्तिले समाचार वा लेखमा लगाएको आरोप झुटो हो वा वास्तविकता यस्तो हो भनी पठाएको प्रतिउत्तर लेख वा खण्डन लेख जुन ‘अ’ वा ‘उ’ नामको अनलाइन न्युज पोर्टल वा प्रिन्ट मिडियाहरूमा छापिएको हो, सो अनलाइन न्युज पोर्टलमा छापिएको समाचार, लेख, रचना र, फिचरको बारेमा उठेको प्रश्न वा आएको प्रतिक्रियालाई स्थान दिने कि नदिने ? तर, पछिल्लोपटक धेरैजसो ‘राई !’ कामरेडहरू चलाएको अनलाइनमा प्रकाशित समाचार वा लेखको बारेमा प्रस्ट्याएर पठाएको प्रतिक्रियालाई समेत स्थान नदिने, वा नछाप्ने गरेको देखियो–भेटियो । अझ कतिपय अनलाइन न्युज पोर्टलले त योजनवद्घ ढंगले आपूmलाई मन नपरेको राजनीतिक दल, नेता जातजाति, समुदाय, संघ, संस्था वा व्यक्तिलाई जानाजान लखेट्नकै लागि मात्रै अनलाइन चलाएको हो कि ? भन्ने प्रश्न उठाउन सकिने स्थिति रहेको देखिन्छ ।

जस्तो उदाहरणका लागि यहाँ ‘तुवाचुङ’ नामक अनलाइन न्युज पोर्टललाई लिन सकिन्छ । सो अनलाइनले ०७७ पुस १४ गते गणेश वाम्बुले राईले आप्mनै कारणले कुलुङ समुदायमा बदनामी कमाएका र पछिल्लोपटक नेपालभरि जहाँ गए पनि कुलुङ समुदायमा बहिस्कृत हुँदै गएका एक व्यक्तिबारे ‘सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भिरमाहुरी’ शीर्षकको एक फिचर छापेको थियो । त्यसपछि यो पंक्तिकारले फिचरबारे उल्लिखित व्यक्तिबारे वास्तविकता के हो त ? भनी प्रतिउत्तर लेख वा भनौँ प्रस्टीकरण लेख पठाएको थिएँ, मैले ।

तर, सो प्रतिउत्तर लेख भने छाप्न नसक्ने भनी बताएका थिए, ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टलका सम्पादक दीपेन्द्र राई ज्युले । त्यसपछि सो प्रस्टीकरण लेख ‘छहरा’ साप्ताहिकमा पठाएँ । जहाँ छापियो पनि । त्यसो त ०७७ फागुन अन्तिम चैत पहिलो हप्तासम्म हेर्दा ‘तुवाचुङ’ नामक अनलाइन न्युज पोर्टलको सूचना तथा प्रसारण विभाग दर्ता नम्बर भने खालि नै रहेको थियो । तर, हालसालैदेखि भने सो अनलाइनको सूचना विभाग दर्ता नम्बर २४७५–०७७–०७८ रहेको छ ।

यसरी हेर्दा लाग्छ, कुलुङ समुदायमा बदनाम भएका–बदनामी कमाएका एकजना कुलुङ दाजुको लेख (जो आपूm जन्मसिद्घ कुलुङ जातिको मानिस भएर पनि कुलुङ जातिकै विरुद्घ नक्कली नाममा जताभावी रूपमा अन्टसन्ट लेख्छन्) छद्म नाममा लेखेर–लेखाएर छाप्नकै लागि र, कुलुङ समुदायबारे ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, ‘मालइन्फर्मेसन’ दिनकै लागि मात्रै ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टल खोलिएको–चलाइएको हो ! प्रश्न गर्न सकिन्छ ‘तुवाचुङ’ अनलाइन यसरी कुलुङ समुदायका विरुद्घ हात धोएर किन ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, ‘मालइन्फर्मेसन’का लागि मरिहत्ते गरिरहेको छ ?

प्रतिक्रिया