तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले गिरावट आएको हो ।

सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसाय संघले जनाएको छ ।

साथै, तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको बताइएको छ । सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

प्रतिक्रिया