‘ओभरडोज’ को ट्रेलर

काठमाडौं । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित चलचित्र ‘ओभरडोज’ को ट्रेलर सार्वजनिक भएको छ । ड्रग्स र अपराधको कथा देखाउन खोजिएको यो चलचित्र १५ मेमा टेक्सस राज्यको डलासमा प्रिमियर तयारी भइरहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा प्रनिसराज पन्तको मुख्य भूमिका रहेको छ । काठमाडौं निवासी पन्त अध्ययनको सिलसिलामा अहिले अमेरिकामा छन् ।

त्यस्तै, चलचित्रमा सविनजंग थापा र बिना श्रेष्ठको समेत प्रमुख भूमिका छ । सुमन पौडेलले निर्देशन गरेको यस चलचित्रमा गौरव गुरुङ, स्वामी डिले लगायतका कलाकारको अभिनय छ । कथा समेत निर्देशन पौडेलको रहेको चलचित्रमा नेपाली तथा अमेरिकी कलाकारको समेत अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।

नेपाली र अंग्रेजी भाषा प्रयोग गरिएको यस चलचित्रले ड्रग्स र अपराधमा संलग्नको जीवनलाई देखाउन खोजेको छ । चलचित्रमा दादा प्रोडक्सन हाउसको निर्माण तथा साजन कार्कीको सम्पादन रहेको छ । चलचित्रलाई विश्वव्यापी प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष लागेको छ । दर्शकलाई केही नयाँपन दिने लक्ष्य राखेर चलचित्र निर्माण गरिएको अभिनेता प्रनिसराज पन्त जिकिर गरे ।

प्रतिक्रिया