‘दुष्प्रयास’ को फस्टलुक

काठमाडौं । रिता देवी मुभिजद्वारा निर्माण गरिएको चलचित्र ‘दुष्प्रयास’ आगामी असार २५ गतेदेखि सार्वजनिक हुने भएको छ । महिला हिंसा, हत्या, अपहरण लगायतका सामाजिक विषयमा बनेको यस चलचित्रको राजधानीमा फस्टलुक सार्वजनिक गरिएको छ ।

समाजमा घटिरहेका आपराधिक गतिविधिविरुद्ध आवाज उठाइएको यस चलचित्रको फस्टलुकको नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री देव गुरुङले अनावरण गरे । सो कार्यक्रममा चलचित्रका कथाकार तथा निर्देशक दिनेश लिङ्देनले कोरोना महामारीको बेलामा पनि आफूले जोखिम मोलेरै चलचित्र सार्वजनिक गर्न लागेको बताए ।

चलचित्रमा निशा पोमु लिम्बु, अजय खडका, कल्याण राई, सोम लामा, देविका खड्का, प्रदीप योङहाङ, दिलिप ठकुरी, महेन्द्रकुमार राई, प्रिजन श्रेष्ठ, सुस्मिता कार्की, निरु महत, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेन लगायतका कलाकारको अभिनय छ ।

दिनेश लिङ्देनको कथा र निर्देशन रहेको यस चलचित्रमा जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी, राजकुमार बगरको संगीत, राजेशपायल राई, अमृता लिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको आवाज रहेको छ । सुमित लिङ्देनको प्रस्तुति रहेको चलचित्रमा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन छ ।

रिता देवी मुभिज तथा नेपाल चलचित्र युवा मञ्चको आयोजनामा भएको कार्यक्रममा त्रिभुवन लुम्फुङवा, प्रेम आले मगर, डा. सुनिता भट्टराई, मेकबहादुर मगर, बाल कलाकार दिविसा सापकोटा, भीम थेबे लिम्बु लगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया