बेंगलोरको लगातार दोस्रो जित

हैदरावाद । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लागातार दोस्रो जित हात पारेको छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।

हैदराबादका कप्तान डेविड वार्नरले ३७ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । मनिष पाण्डेले ३९ बलमा २ चौका र २ छक्का सहित ३८ रन बनाए । राशिद खान ९ बलमा १ चौका र १ छक्का सहित १७ रनमा रन आउट भए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

अद्धिमान शाह १, जोनी बेयरस्टो १२, अब्दुल सामद शून्य, विजय शंकर ३ र जेसन होल्डर ४ रनमा आउट भए ।बेंगलोरका शहवाज अहमदले २ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । मोहम्मद सिराज र हर्षल पटेलले २–२ विकेट लिए । काइल जामिसनको नाममा १ विकेट रह्यो ।

त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । बेंगलोरका ग्लेन म्याक्सवेलले ४१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५९ रनको योगदान दिए । बेंगलोरको टोलीमा पूनरागमन गरेको युवा ओपनर देवदत्त पाडिक्कललाई तेस्रो ओभरको पाँचौं बलमा भुवनेश्वर कुमारले ११ रनमा शहबाज नदिमबाट क्याच गराउँदै पहिलो विकेट लिएका थिए ।

सातौं ओभरको पहिलो बलमा शहवाज अहमदलाई नदीमले राशिद खानबाट १४ क्याच आउट हुन पुगे । १३ औं ओभरको पहिलो बलमा कप्तान विराट कोहली विजय शंकरबाट ३३ रनमा क्याच आउट भएपछि बेंगलोर दबाबमा परेको थियो । कोहलीले २९ बलमा ४ चौका प्रहार गरे । १४ औं ओभरको चौथो बलमा स्पिनर राशिद खानले एवि डिभिलियर्सलाई डेविड वार्नरबाट १ रनमा आउट आउट गराएपछि हैदराबाद खेलमा हाबी बनेको थियो ।

वासिन्टन सुन्दर ८ र ड्यानियल क्रिष्टियन १ रनमा क्याच आउट हुँदा बेंगलोर १०९–६ को कमजोर अवस्थामा पुगेको थियो । काइल जामिसन १२ रनमा क्याच आउट भए । स्पिनर राशिद खानले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । टि नटराजन, भुवनेश्वर कुमार र शहवाज नदिमको नाममा १–१ विकेट रह्यो ।

प्रतिक्रिया