नयाँ वर्षमा बैकुण्ठ र शिलतको उपहार ‘पिरतीमा ए प्लस’

काठमाडौं । लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका एवं उद्घोषीका शितल शर्माको युगल आवाजमा ‘पिरतीमा ए प्लस’ बोलको नयाँ गीत बजारमा आएको छ । गीतकार रमेश बिजीको शब्द सिर्जना रहेको उक्त गीतमा गायक महतले नै संगीत भरेका हुन् ।

प्रिज्म स्टेडियोमा रेकर्ड गरिएको गीतका कृष्ण बिक ‘भान्जा’ को संगीत संयोजन रहेको छ । नयाँ वर्ष २०७८ सालको अवसर पारेर आफ्ना दर्शक स्रोतामाझ उपहार स्वरुप यस गीत बजारमा ल्याएको गायिका शितल शर्माले बताइन् ।

गीतमा अन्य गायक गायिकाहरु गोविन्द अनेक, पदम ल्वागुन, स्मृती शाही र आकृति विश्वकर्माले पनि बैकुण्ठ र शिलतलाई आवाजमा साथ दिएका छन् । त्यस्तै, उक्त गीतको भिडियोमा मोडल अञ्जली अधिकारी र अर्जुन गौतमले अभिनय गरेका छन् । साथै, मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई करण चैसीरले छायांकन गरेका हुन् ।

मनोज कार्कीले सम्पादन गरेको उक्त गीतको भिडियो गायिका शितल शर्माकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको शब्दमा विद्यार्थी जीवन र माया प्रेमका विषय उठान गरिएको छ । स्कुलमा पढ्ने समयमा नै माया प्रेममा जोडीने विद्यार्थीहरुका यथार्थ कथालाई शब्दमा समावेश गरिएको गायिका शर्माले सुनाइन् ।

प्रतिक्रिया