‘के साह्रो राम्री चोलीमा’ सार्वजनिक

काठमाडौं । नयाँ वर्षको अवसर पारेर गायिका मिना राई र गायक आङगेलु शेर्पाको आवाज रहेको ‘के साह्रो राम्री चोलीमा’ बोलको गीत सार्वजनिक भएको छ । गायिका मिनाको शब्द तथा संगीत रहेको गीतमा अभिनेत्री केकी अधिकारी, उमेश राई ‘फुलन्देकी आमा’ लगायतका कलाकारको अभिनय छ ।

सार्वजनिक गीतको भिडियोको निर्देशन अनिल कोय राईको रहेको छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजु कार्कीको एरेञ्जर, अमृत चापागाईको सम्पादन, दिनेश पराजुलीको छायांकन रहेको छ । पुर्वेली मारुनी सेलो भाकामा आधारित रहेकोले यसलाई दर्शकस्रोताले आफ्नो अघिल्ला सिर्जनालाई जस्तै मनपराइदिनेमा आफू विश्वस्तर रहेको गायिका मिनाले बताइन् ।

प्रतिक्रिया