खोजखबर

सेनाको हेलिकप्टर मार्फत ६ जना घाईतेलाई थप उपचारको लागि काठमाडौं पठाइयो

वासुदेव गिरी २०७८ वैशाख १ गते १७:२८ मा प्रकाशित

प्युठान । स्वर्गद्वारी दर्शनको लागि हिँडेको जीप दुर्घटनामा गम्भिर घाईते भएका ६ जनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाईएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको अगुवाईमा नेपाल आर्मीको हेलिकप्टरमार्फत घाईतेलाई काठमाडौं पठाईएको हो ।

गम्भिर घाईते सार्थक ज्ञवाली, कमला ज्ञवाली, मुना पाण्डे, गिता मुखिया, अनिश मुखीया र सन्दीप परियारलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

घाइते अन्य ५ जनालाई प्युठान अस्पताल विजुवार र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरु सवार जीप प्यूठानको स्वर्गद्वारी नजिकै आज बिहान रुमालेमा दुर्घटना भएको थियो । स्वर्गद्वारी दर्शन गर्न जाँदै गरेको लु १ च १६५५ नम्बरको जिप दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय