स्वर्गद्वारीमा जीप दुर्घटना : चारको मृत्यु, ११ जना घाईते

प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरु सवार जीप प्युठानको स्वर्गद्वारी दर्शन गर्न जाँदै गरेको लु १ च १६५५ नम्बरको जिप दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ४ पुगेको छ ।

बुधवार बिहान भएको दुर्घटनामा परी प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्यांजा निवासी वर्ष ३८ का श्याम न्यौपाने, कम्प्यूटर अपरेटर सूर्य प्रसाद पन्थी, खरिदार इश्वरी भण्डारी र मुसिकोट नगरपालिका– ३ बस्ने वर्ष २२ का सवारी चालक केशव कार्कीको ज्यान गएको हो । गाडीमा एक जना अझै अड्कीएको अवस्थामा रहेको घटनास्थलबाट प्रहरी नायव निरिक्षक बुद्धि रानाले जानकारी दिए ।

दुर्घटनामा घाईते हुनेहरुमा रेसुङ्गा नगरपालिका– ४ बस्ने वर्ष २३ की सुनिता कँडेल, वर्ष २९ की बसन्ती पौडेल, रेसुङ्गा नगरपालिका– १ निवासी वर्ष ३० की गिता मुखिया, वर्ष १२ का अनिश बोहोरा, रेसुङ्गा नगरापालिका– २ निवासी वर्ष २४ की तारा भण्डारी, वर्ष ६ का आशिष भण्डारी, वर्ष ३३ का दिलबहादुर थापा, वर्ष २७ की कमला ज्ञवाली, वर्ष १२ का सार्थक ज्ञवाली, वर्ष ४ की निकिता पौडेल र मल्लरानी गाउँपालिका– ३ निवासी वर्ष ३० का सन्दिप परियार रहेका छन् ।

प्रतिक्रिया