मंगल अभियान किन महत्वपूर्ण छ ?

                         मिलन आफन्त

नासाको पर्सभरेन्स रोभर सफलतापूर्वक मंगलग्रहमा अवतरण गरिसकेको छ । अब यो रोभरले मंगलग्रहको सतहमा चक्कर लगाएर जीवनको सम्भावनाको खोजी गर्न थालेको छ । खोजका लागि रोभरले आफैँ अक्सिजन बनाउनेछ, हेलिकोप्टर प्रक्षेपण गर्नेछ । त्यसबाहेक रोभरले सन् २०२८ को अभियानका लागि माटो र ढुंगा संकलन गर्नेछ । सम्पूर्ण कुरा योजनाअनुसार अघि बढ्यो भने नासाले, युरोपेली स्पेस एजेन्सी (इसा) ले बनाएको अन्तरिक्षयानको सहयोगमा सन् २०३२ मा मंगल ग्रहबाट माटो ल्याउनेछ ।

पृथ्वीमा माटो ल्याएपछि मंगलग्रहको नमुनामा नयाँ जीवनको सम्भावनाको खोज हुनेछ । तर, सन् २०३२ मा मंगलबाट ल्याइएको माटोमा पहिले त रोभरले पृथ्वीबाटै लिएर गएको हुन सक्ने डिएनए छुट्याइन्छ । किनकी, प्रक्षेपण अघि रोभर निर्माणका विभिन्न चरणमा वैज्ञानिकका थुक, पसिना आदि मात्र होइन, वातावरणका जीवाणु टाँसिन्छन् ।

सन् १९७१ मा सोभियत संघले पनि चन्द्रमाको सतहमा दुई अन्तरिक्ष यात्री अवतरण गराएको थियो । त्यसपछि चन्द्रमामा अवतरण सन् १९७५ माभाइकिङ–१ ले गर्यो । यी अवतरण भएका अन्तरिक्ष यानले पृथ्वीका जीवाणु र मानवीय डिएनए त्यहाँ पुर्याएको हुन सक्छ । मंगल ग्रहका सन्दर्भमा पनि यही नियम लागू हुन्छ । मंगलग्रहमा चल्ने विशाल धुलोको आँधीले पृथ्वी स्रोत भएका डिएनएलाई ग्रहका कैयौँ स्थानमा पुर्याएको हुन सक्छ ।

सौभाग्यवश ! हामी जेनेटिक क्षेत्रमा असाधारण विकास भएको समयमा बाँचिरहेका छौँ । डिएनए अनुक्रमको न्यून मूल्यको कारण हामी पृथ्वीका सबैजसो जीवको जेनेटिक सूची निर्माण गर्न सक्षम छौँ । त्यसैले अन्तरिक्ष यान निर्माण गर्दा वातावरणमा पाइने सबै जीवाणुको डिएनए अनुक्रम बनाइएका छन् । अन्तरिक्ष यात्री केट रुविन्सको सन् २०१६ को मिसनमा डिएनए अनुक्रम अन्तरिक्षमा पनि गर्न सकिने प्र्रमाणित भयो । अन्तरिक्ष, अन्तरिक्ष यात्रा र पृथ्वीमा विषम परिस्थितिमा पनि बाँच्न सक्षम हुने हरेक जीवन मंगल ग्रहमा पुग्न सक्ने सम्भवना हुन्छ । अध्ययनका लागि हामीले जानेरै डिएनएलाई मंगल ग्रहमा पठाउनुपर्ने पनि हुन सक्छ ।

मैले लेखेको पुस्तक ‘द नेक्स्ट ५०० इअर’ मा दर्जनौँ अन्तरिक्ष यात्रीमा अन्तरिक्ष भ्रमणका क्रममा गरिएको अध्ययनमा प्रकाश पारेको छु । हाम्रो अध्ययनले मानिसले मंगलग्रह यात्रा गर्नसक्ने निष्कर्ष देखाएको छ । तर, ती ग्रहमा स्थायी बसोवासका लागि भने केही नयाँ प्रवर्तन र प्रविधि विकास गर्नुपर्दछ ।

मंगलग्रहमा मानव सहितको अन्तरिक्ष अभियान सम्भव छ र त्यसबाट मानवतालाई दीर्घकालीन सहयोग पुग्नेछ । हामीसँग त्यसतर्फ अघि बढ्नका लागि भौतिक, औषधीय र जैविक स्रोतहरू उपलब्ध छन् । मैले लेखेको पुस्तक ‘द नेक्स्ट ५०० इअर’ मा दर्जनौँ अन्तरिक्ष यात्रीमा अन्तरिक्ष भ्रमणका क्रममा गरिएको अध्ययनमा प्रकाश पारेको छु । हाम्रो अध्ययनले मानिसले मंगलग्रह यात्रा गर्न सक्ने निष्कर्ष देखाएको छ । तर, ती ग्रहमा स्थायी बसोवासका लागि भने केही नयाँ प्रवर्तन र प्रविधि विकास गर्नुपर्दछ ।

पृथ्वी परित्याग गर्नका लागि मंगल ग्रहको बसोवास महत्वपूर्ण भएको होइन । खासमा मनिस विभिन्न ग्रहमा बसोवास गर्न सक्यो भने मात्र उसको अस्तित्व लामो समय टिक्ने सम्भावना बढ्नेछ र अन्तर ग्रहीय प्राणी हुने दिशामा मंगलग्रह पहिलो गन्तब्य हुनेछ । मानिसमाथि यस ग्रहका प्रजातिलाई लोप हुन नदिने नैतिक कर्तव्य छ । अहिलेसम्मको हाम्रो ज्ञानले मानिसबाहेक पृथ्वीका अन्य प्रजातिसँग सम्भावित भविष्यबारे सोच्न सक्ने क्षमता देखिँदैन, न मानिसबाहेक अन्य कुनै जीवसँग यस ग्रहको जीवन जोगाउन सक्ने क्षमता देखिन्छ ।

मानिसले मात्र अन्य ग्रहमा बसोवासको काम गर्न सक्ने भएकाले त्यसतर्फ हामीले लामो तयारी सुरु गरिहाल्नु पर्छ । पृथ्वीका छिमेकका दुई ग्रहमध्ये शुक्र निकै तातो भएकाले मंगल स्वतः पहिलो छनोटमा पर्छ । मानिस अन्तर ग्रहकीय हुने हो भने पहिले त अमेरिकी सरकारले नासाको बजेट सन् १९६० को दशकको अवस्थामा पुर्याउनुपर्छ ।

त्यस अवधिमा नासाको बजेट कुल संघीय बजेटको ४ दशमलव ४ प्रतिशत थियो, जुन अहिले घटेर शून्य दशमलव ४८ प्रतिशत छ । अमेरिका र चीनसहित अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता देखिन्छ । वैज्ञानिकहरूले हालसालै विभिन्न वैज्ञानिक शोध प्रकाशित गर्दै अन्तरिक्ष वाहनमा आवश्यक चिकित्सा अध्ययनका लागि सहकार्य घोषणा गरेका छन् ।

यसमा नासा, इसा, रोसकोससोस (रुस) र जाक्सा (जापान) का प्रतिनिधि सहभागी हुनेछन् । संयुक्त अरब एमिरेट र अन्य देशले पनि अन्तरिक्षको जीव विज्ञानमा अध्ययन सुरु गरेका छन् । विभिन्न अन्तरिक्ष एजेन्सीले स्पेस एक्स र ब्लु ओरिजिनजस्ता निजी कम्पनीसँग व्यावसायिक उडानका लागि सहकार्य गरेका छन् ।

जीवनको संरक्षण गर्ने कर्तव्य, हाम्रो मरणशीलता र विलोप हुने सम्भवानासँग अभिन्न रूपमा गाँसिएको छ । जीवनको दिगोपन मानिसको स्वार्थसँग मात्र जोडिएको छैन, जीवको कोषमै सकेसम्म लामो कालसम्म जीवित हुने गुण निहित हुन्छ । के थाहा, हामीले चिनेजानेको जीवन संरक्षण गर्ने क्रममा ब्रम्हाण्डमा अन्य नयाँ जीवन पनि फेला पर्न सक्छ ।

प्रतिक्रिया