रंग‍-विविध

दिलको सर्किट भन्दै प्राञ्जल

सौर्य अनलाइन २०७७ चैत ३० गते १३:२८ मा प्रकाशित

काठमाडौं । गायक प्राञ्जल पोखरेलको स्वर रहेको गीत ‘दिलमा सर्किट बनेर’ सार्वजनिक भएको छ । प्राञ्जल र गायिका एलिना चौहानको स्वर रहेको यस गीतको भिडियो सार्वजनिक गरिएको छ । भीम बिसीको शब्द, सागर अधिकारी ‘शरद’ को संगीत, उदयराज पौडेलको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

‘दिलमा सर्किट बनेर आइदेउन
च्ञ्चले मनको हर्टबिट बढाइदेउन’

गीतको भिडियोमा गायकद्वय प्रञ्जल र एलिनासँगै दमोन क्षेत्री, उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोमा रामकुमार केसीको छायांकन रहेको छ । नवीन निरौलाको सम्पादन रहेको गीतको भिडियो मायालु इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको छ ।

रुपन्देहीको भैरहवाका स्थायी बासिन्दा प्रञ्जल छिट्टै नै सोलो एल्बम स्रोता-दर्शकमाझ ल्याउने तयारीमा रहेका छन् । आफ्ना अन्य गीतजस्तै यो गीतले पनि दर्शक-स्रोताको साथ पाउने आफू आशावादी भएको प्रञ्जलले बताए । यस्तै, संगीतकार सागर अधिकारीले एउटा राम्रो गीत पस्किएको बताए । गीतको भिडियो पनि राम्रो बनेको उनले जिकिर गरे । अधिकारीले भने, ‘सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता÷दर्शकमाझ आएको छ ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय