रंग‍-विविध

‘साली देवर’ मा सन्तोष र सहिमाको आवाज

सौर्य अनलाइन २०७७ चैत ३० गते १३:२४ मा प्रकाशित

काठमाडौं । गायक सन्तोष प्रगाढ र गायिका सहिमा श्रेष्ठको स्वर रहेको गीत ‘साली देवर’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढकै संगीत तथा एरेञ्ज छ ।

डान्सिङ नम्बरको गीतको भिडियोमा अभिनेता पुष्प खड्का, मोनालिसा खतिवडा, प्रशंसा ढुंगेल, समीर तामाङ, महादेव त्रिपाठी, रेशम फिरिरि, शमशेरबहादुर राई फिचर्ड छन् ।

दामी नेपाल युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा हरि लामा घलेको छायांकन, राहुल बराइलीको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ । रुपेश तामाङको निर्देशन रहेको भिडियोमा जीवन तामाङ र राजु श्रेष्ठको निर्माण छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय