अक्षयले गोप्य फोन गरेः कंगना

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौट अभिनीत चलचित्र ‘थलाइवी’ को ट्रेलर केही दिनअघि सार्वजनिक भएको छ । यो चलचित्रको ट्रेलरले दर्शकको अत्यधिक तारिफ बटुल्न सफल पनि भएको छ । बेलाबेलामा विवादास्पद अभिव्यक्तका कारण अभिनेत्री कंगना चर्चामा आइरहन्छिन् । यसैबीच उनले हालै सामाजिक सञ्जालमा अक्षय कुमारले समेत आफ्नो चलचित्रको खुलेर चर्चा गरेको बताएकी छन् ।

उनले अक्षयकुमार मुभी माफियाको डरले खुल्ला रुपमा यसबारे बोल्न नसकेको जिकिर गरेकी छन् । कंगनाले एक ट्वीटको जवाफ लेख्दै भनेकी छन्, ‘बलिउडमा धेरै नै शत्रुता मोल्ने मान्छेहरु छन् । यदि उनीहरुले मेरो तारिफ पनि गर्छन् भने उनीहरु समस्यामा आउन सक्छन् । मैले कति सिक्रेट कल्स र मेसेज पाएको छु । यहाँसम्म कि ठूला स्टारजस्तै अक्षय कुमारले पनि मेरो फिल्म थलाइवीको ट्रेलरको तारिफ गरे ।

तर आलिया भट्ट र दीपिका पादुकोणको फिल्मलाई झैं उनले मेरो फिल्मलाई खुल्ला रुपमा तारिफ गर्न सक्दैनन् । मुभी माफियाको डर ।’ अभिनेत्री कंगनाको यो दाबी कति साँचो हो, यो कि त अक्षय कुमार कि कंगनालाई थाहा होला । तर यसले कंगनाको मुखाले प्रवृत्तिलाई भने उजागर गरेको छ । हालै ‘थलाइवी’ को पहिलो गीत ‘चली चली’ सार्वजनिक भयो जसमा जयललिताको त्यो दिनको झलक देखाइएको छ ।

जयललिताले हिन्दी सिनेमामा आफ्नो कदम राखेको दिन र परिवेशलाई चलचित्रमा उधिन्ने कोशिस गरिएको छ । गीतमा अभिनेत्री कंगनाले सुरुमा आफ्नो बोल्ड अन्दाज देखाउँछिन् र त्यसपछि उनी रेट्रो लुकमा देखिन्छिन् । यो गीतमा कंगनाले जसरी जयललिताको युवावस्था देखाउने कोशिस गरेकी छन् । यतिमात्रै होइन यो गीतपछि सामाजिक सञ्जालमा एउटा चुनौती चलिरहेको छ जसमा थुप्रै मानिसले डान्स गरिरहेका छन् ।

प्रतिक्रिया