खोजखबर

बेलायती राजकुमारको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा समवेदना

सौर्य अनलाइन २०७७ चैत २८ गते १६:१६ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकोमा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताएकी छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गरेका छन् । सन्देशमा उनले राजकुमार फिलिपले मानवताको लागि गरेको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय