‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

निर्माता वाग्ले नै निर्देशन गर्न लागेको यो चलचित्र मंगलबार सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको हो । उनले एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको जानकारी दिएका हुन् । सार्वजनिक पोस्टरमा विपिनलाई देख्न सकिन्छ । पोस्टरमार्फत् चलचित्रका लागि कलाकारको समेत आह्वान गरिएको छ । निर्माण पक्षका अनुसार चलचित्रको अहिले लेखन कार्य भइरहेको छ । लेखन कार्यमा लोकनाथ कोइराला जुटिरहेको छन् । तराईमा छायांकन गरिने यो चलचित्र नेपाली, मैथिली र भोजपुरी गरेर तीन भाषामा बन्ने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया