महालक्ष्मी बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौ । महालक्ष्मी विकास बैंकले वीमा दावी रकम हस्तान्तरण गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी बिचको सहकार्यमा बैकको शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम ६ लाख ७ हजार ५ सय रुपैया हकवालालाई हस्तान्तरण गरिएको हो ।

थाहा नगरपालिका वडा नं १० का स्वर्गिय बिष्णु मगर र थाहा नगरपाकिला वडा नं १ निवासी स्वर्गिय देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक क्रमश ५ लाख २५ हजार रुपैया र हकवाला कल्पना घर्तीको ८२ हजार ५ सय रुपैया हकवाला रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरा प्रष्ट पारेका थिए । त्यसैगरि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानिय कृषकले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पु¥याए मात्र गाँउको विकास हुने बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया