बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज ‍छापावाला सुन प्रतितोला ५०० रूपैयाँले वृद्धि भइ ८८ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८७ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज १० रूपैयाँले बढेर १२४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया