थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस फाइनलमा

पोखरा । १९ औं संस्करणको ‘आहा रारा गोल्डकप’ प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । पाँच पटकसम्म लगातार विजेता बन्दै आएको थ्री स्टार क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पुलिस क्लबको तर्फबाट जर्सी नं. ७७ का बुद्ध बल तामाङले गोल गर्न सफल भएका थिए । उनले २८ औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १–० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो । यस्तै तेज तामाङ, सौजन राई र सुमन लामाले एक–एक गोल गरेर प्रतियोगितामा फराकिलो जित अन्तर कायम गरे ।

दोस्रो हाफको ६७ औं मिनेटमा तेजले गरेको गोलसँगै २–० को अग्रता कायम भएको थियो । त्यसको ६ मिनेट पछि पुलिसकै सुमन लामाले ७३ औं मिनेटमा गरेको गोलसँगै ३– ० का गोलको अग्रता कायम गर्न पुलिस सफल भएको थियो । त्यस्तै खेलको ८५ औं मिनेटमा सौजन राईले पुलिसका लागि थप गोल गरेपछि ४–० को जित सुनिश्चित भएको हो । यो जितसँगै पुलिसले सेमिफाइनलमा अफ्रिकन रुट एसोसिएसनसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबारको पहिलो सेमिफाइनल खेल संकटा क्लब र एपिएफबीच हुने छ । प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रूपैँया हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सुर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया