दूरदर्शी सोच र ढृढ इच्छाशक्ति

डा. डिआर उपाध्याय

सबै लोकतन्त्र पक्षधर पार्टी, समूहहरूले अहिलेसम्म प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्नुपर्छ यी उपलव्धिहरू गुम्न दिनु हुँदैन । हामी सबैले देखिरहेका छौँ, केही तत्वहरू यी उपलव्धि गुमाउने खेलमा लागिरहेका छन् । त्यसैले सबै मिलेर भए पनि उनीहरूका सपना कुनै हालतमा पूरा हुन दिनु हुँदैन ।

 

हामीले देखिरहेका छौँ, यतिबेला नेपालको राजनीतिक अवस्था त्यति सही ढंगले हिँडन सकिरहेको छैन । अहिले नेपालको राजनीति निकै जटिल बन्दै गएको छ । राजनीतिक दलहरू एकआपसमा मिल्न सकेका छैनन् । सत्तारूढ नेकपा एमाले नै मिल्न सकेको छैन । यो अवस्थामा दलहरू मिलेर जानुपर्नेमा झन् धु्रवीकरण बन्दै छ । अहिले राजनीति जुन किसिमले अघि बढिरहेको छ, त्यसले लोकतन्त्रलाई कमजोर बनाउने देखिन्छ । केही लोकतन्त्र विरोधी शक्तिहरू सडकमा दिनहौँ नारा लगाइरहेका हुन्छन् । यसले पनि देशमा केही जटिलता उत्पन्न गरेको छ । अब लोकतन्त्रवादी पक्षधरहरू एक भएर अघि बढनुपर्ने आवश्यकता देखिएको छ । त्यसो भयो भने मात्र प्राप्त उपलव्धिहरूको रक्षा हुन सक्छ । दलहरू आवश्यकताअनुसार मिलेर जानुपर्छ ।

विगतमा दलहरू एकआपसमा मिलेर जादा परिवर्तन सम्भव भयो । दलहरू नमिलेको भए परिवर्तन सम्भव थिएन । यो कुरा त दलहरू र तिनका नेताहरूले बुभ्mनु प¥यो नि ! हामीले के कुरामा ध्यान दिनुपर्छ भने दलहरू कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यो कुरामा सबैले विचार पुयाउनुपर्छ । नेपाली जनताको त्याग बलिदान र संघर्षका उपलब्धि जोगाउँदै रक्षा गर्नुपर्ने दायित्व र कर्तव्य सबै लोकतन्त्रवादी शक्तिहरूको हो । यो दायित्ववाट कोही पनि पन्छिनु हुँदैन । सबै लोकतन्त्र पक्षधर पार्टी, समूहहरूले अहिलेसम्म प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्नुपर्छ यी उपलव्धिहरू गुम्न दिनु हुँदैन । हामी सबैले देखिरहेका छौँ, केही तत्वहरू यी उपलव्धि गुमाउने खेलमा लागिरहेका छन् । त्यसैले सबै मिलेर भए पनि उनीहरूका सपना कुनै हालतमा पूरा हुन दिनु हुँदैन । २००३ सालमा कांग्रेस र २००६ सालमा कम्युनिस्ट पार्टीहरूको जन्म भएको हो । स्थापनाकालदेखि नै यी पार्टीहरूले राणाशासनविरुद्ध आवाज उठाउँदै आएका हुन् । यी पार्टीहरूले कठिन अवस्थामा पनि राणाशासनसँग लडे । तर, राणाशासन विरुद्धको लडाइँ दिल्ली सम्झौतामा टुंगिएको इतिहासमा पाइन्छ । राणा, राजा र कांग्रेसको त्रिपक्षीय सम्झौताले नेपालमा प्रजातन्त्रको घोषणा भएको थियो । घोषणा बमोजिम संविधानसभाको चुनाव गर्ने र गणतन्त्रात्मक शासनव्यवस्था हुने कुरा स्वयं राजाले भनेका थिए । राणा शासनविरुद्धको उक्त लडाइँले सफलता पाएको थियो तर परिणाम के भयो भने सम्झौतामा टुंगियो । राणा प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन भयो ।

संविधानसभाको चुनाव गराउने र गणतन्त्रात्मक संविधानमार्फत राजनीतिक परिवर्तनको चाहनालाई संस्थागत गर्ने उद्देश्य थियो । तर आन्तरिक कलहका कारण संविधानसभा कि संसद्को चुनाव भन्ने विवाद चर्कियो । संविधानसभाको निर्वाचन तुहियो । संसद्को निर्वाचन भए पनि संविधान र गणतन्त्र संस्थागत हुन सकेन । संसद्कै चुनावबाट दुईतिहाइ मत प्राप्त गरेको सरकार राजाको सैनिक कुमार्फत अपदस्थ हुन पुग्यो । आफैँले चुुनेको दुईतिहाइको सरकारलाई जोगाउन जनताले सकेनन् । बरु राजाबाट निरंकुशता लाद्दै दलमाथि प्रतिबन्ध लगाइयो । निरंकुश पञ्चायतले ३० वर्षसम्म शासन चलायो । ३० वर्षको पञ्चायतका विरुद्ध जनता सडकमा आए । अन्तमा जनताको निर्णायक आन्दोलन ०४६ सालमा सफल भयो । फेरि राजा ज्ञानेन्द्रले निरंकुश शासन लागू गरे । दोस्रो जनआन्दोलनका बलमा सदाका लागि राजसंस्था फालियो । संविधानसभाको पहिलो बैठकबाट राजा हटाइयो, गणतन्त्रको स्थापना भयो ।

विगत ७० वर्षको त्याग संघर्ष र बलिदानबाट प्राप्त संविधानसभाबाट नयाँ संविधान जारी भएको हो । पहिलो संविधानसभाबाट संविधान जारी हुन सकेन । दोस्रो संविधानसभाबाट नयाँ संविधान जारी भएको हो । यसको कार्यान्वयन नै महत्पूर्ण कुरा हो । ०१५ सालको पहिलो संसदीय चुनावमा प्राप्त दुईतिहाइ मत नेपाली कांग्रेसले रक्षा गर्न सकेन । लामो अभ्यासपछि ०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीको पक्षमा झण्डै दुईतिहाइकै जनमत आयो । जसले गर्दा दुईतिहाइको संसद् र सरकारको नेतृत्व गर्ने अवसर कम्युनिस्ट पार्टीलाई प्राप्त भयो । त्यतिबेला कांग्रेसले प्राप्त गरेको जनमत जोगाउन सकेन । आज दुईतिहाइको कम्युनिस्ट पार्टी अदालतमार्फत विघटन गरिएको छ । हरेक कुरा इतिहासबाट पाठ सिक्ने हो । अब इतिहासबाट पाठ सिक्ने कि ? नेकपा एमाले भित्रको विवाद र त्यसले निम्ताएको राजनीतिक संकट नै अहिले सबैको चिन्ता, चासोको विषय बनेको छ । नेकपा एमाले मिलेर जानुपर्छ भन्ने कुरामा मेरो जोड छ । यो देशको हितमा पनि छ । दल र तिनका नेताहरू फुटेर कसैलाई फाइदा छैन ।

राजनीति भनेको जनताको सेवा गर्ने चिज हो । पद, पैसा र शक्तिको दुरुपयोग गरेर राजनीति गर्नु हुँदैन । यसले मुलुकलाई पछाडि लैजान्छ । अहिले जुन किसिमको राजनीति दृश्य देखिएको छ । त्यो जनतालाई मन परेको छैन । हामीले बुझेको राजनीति भनेको त समाजसेवा हो । राजनीतिक दलका नेताहरू बेइमानी गर्दैछन् । जनताको भविष्यभन्दा पनि आप्mनो भविष्य बनाउनेतिर नेताहरू लागे । सबैभन्दा ठूलो समस्या यो हो । हाम्रो देशमा राजनीतिको नाममा अर्बौंपति बनेका नेता प्रशस्त छन् । हिजोका दिनसम्म राम्रोसँग चप्पल लगाउन नसक्ने अधिकांश ती नेताहरूको अहिले आलिसान महल, गाडी बैंक ब्यालेन्स सबथोक छ । अहिले नेपाली राजनीति लगानीबिनाको व्यापार भएको छ, राजनीति गर्न अलि अलि भाषण गर्न सिके भयो । पछिल्लो पुस्ता राजनीतिमा त्यति आकर्षित छैन । राजनीतिले वितृष्णा जन्मायो । ०४६ सालको परिवर्तन पछिका पाँच/६ वर्षसम्म राजनीतिलाई ठूलो इज्जतले हेरिन्थ्यो । अहिले राजनीति गर्नेको इज्जत छैन । यो किन यस्तो भयो । समिक्षाको बिषय बनाइनु पर्छ ।

पहिले–पहिले नेता भनेपछि इज्जत, मान, सम्मान र प्रतिष्ठा दिइन्थ्यो । नेतासँग बोल्न डराइन्थ्यो । त्यस्तो थियो कुनै बेला । त्यस बेलाका नेताहरू त्यागी र निस्वार्थी पनि थिए । तिनीहरूले लाभको राजनीति कहिल्यै गरेनन् । देश र जनताका लागि सोच्थे । तर अहिलेका नेताहरू आफ्नो व्यक्तिगत स्वार्थ भन्दा अरु केही हेर्न सकेनन् । जसका कारण राजनीति दुषित भयो । अब राजनीतिलाई सफा गर्नु पर्ने आवश्यकता छ । राजनीति आफँैमा दूषित होइन । राजनीति गर्ने नेताहरूको व्यावहार, नैतिकता र चरित्रका कारण दूषित र बदनाम भएको छ । कारण के हो भने राजनीतिको नाममा कमाउने र ठग्ने खेला भयो । जनताको आवश्यकता र समस्या के छ त्यो बुझ्ने फुर्सद कसैलाई छैन ।

चर्को भाषण गरेर मात्र मुलुकको समस्या समाधान हुँदैन, चर्को स्वरमा कराउँदैमा नेपालमा साम्यवाद आउँदैन । साम्यवाद आउने भए हामी त्यो भन्दा बढी चर्को स्वरमा कराउन सक्छौँ । आज देशमा अर्को समस्या के देखिएको छ भने उत्पादनमुखी काम गर्नेभन्दा बढी राजनीति गर्ने नेता धेरै भए । हामीले देखेका छौ, जुन देशमा धेरै नेता हुन्छन् त्यो देशको विकास हुन समय लाग्छ । देशको आर्थिक स्रोतले देशको विकास गर्ने कि नेता पाल्ने ? यो नै अहिले गम्भीर प्रश्न बनेर खडा भएको छ । देशको विकास गर्न उत्पादनमा लाग्नुपर्छ । देशका धेरैजसो मानिसले राजनीति गरेपछि उत्पादनको काम कसले गर्ने ? अहिलेको हाम्रो देशको समस्या, तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताकार्यकर्ता पाल्नुपर्ने अवस्था छ । देशको आर्थिक अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ ।

आर्थिक अवस्थाका कारण देश चलाउन धौ–धौ परेको अवस्था छ । हिजोका नेता र आजका नेतामा धेरै फरक छ । हिजोका नेताहरू जनताप्रति इमानदार थिए । खै आज त्यो इमानदारी देखाएको ? देशमा नेताहरू इमानदार नबनेसम्म देशको विकास सोचेअनुसार अघि बढ्न सक्दैन । हामीले देखिरहेका छौँ, आज जुन किसिमले दलहरू र तिनका नेताहरू सत्ताका लागि लडिरहेका छन्, त्यो मुलुकका लागि राम्रो संकेत होइन । देश बनाउन दूरदर्शी सोच र ढृढ इच्छा शक्ति चाहिन्छ । खै त्यो दूरदर्शी सोच र ढृढइच्छाशक्ति ? देश बनाउन त्यति सजिलो छैन । सबैको सामूहिक प्रयास पनि जरुरी छ । नेताहरू कमाउ धन्दामा लागे जुन कारणले देश पछि प¥यो । अब राजनीतिक दल र तिनका नेताहरू देश र जनताप्रति इमानदार भएनन् भने आउँदो चुनावमा यसको हिसाबकिताब जनताले आफैं गर्नेछन् ।

प्रतिक्रिया