प्रिमियम इन्स्योरेन्सको साधारण सभा

काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को २७ औंैं वार्षिक साधारणा सभा सम्पन्न भएको छ । सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरणा पेश गरेका थिए । कम्पनीले आ.ब .२०७६/७७ मा कुल बीमा शुल्क १ अर्व ६९ करोड ०७ लाख ४५ हजार रुपैया आर्जन गरि खूद नाफा ३६ करोड ९९ लाख ४४ हजार रुपैया आर्जन गरेको जनाएको छ ।

सभाले कम्पनीको आ.व.२०७६/७७ मा चुक्ता पुंजीको ११ दशमलब शुन्य ५ प्रतिशतले नगद लाभांश पारित गरेको छ । साथै कम्पनीको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्य र समुह ख अन्तर्गतको प्रतिनिधित्व गर्ने संचालक पदमा महेन्द्र बहादूर श्रेष्ठ नियुक्त भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया