कुमारी बैंक र कैलाली अस्पताल बीच सम्झौता

काठमाडौ । कुमारी बैंक लिमिटेड र धनगढीस्थित कैलाली हस्पिटलबीच स्वास्थ्य सेवामा सहुलियत दिने सम्बन्धी सम्झौता भएको छ । बैंकको सुदूरपश्चिम प्रदेशका प्रमुख दिपक खनाल र कैलाली अस्पतालका जनक राज जोसीले सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता पत्रअनुसार कैलाली अस्पतालमा ओपिडी, बेड चार्जेज, एक्स–रे, एन्डोस्कोपी लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा सेवाग्राहीले डेबिट तथा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट पाउने छन । यो बैंकको १ सय ९३ शाखा सञ्जाल, १ सय ६२ एटिएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टर छ । साथै ग्राहकले आफ्नो इ–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सिमित समयका लागि ५ सय सम्मको छुट पाउन सक्ने पनि उल्लेख छ ।

प्रतिक्रिया