पार्टी सुदृढीकरणमा सहयोग गर्ने भन्दै धनगढीमा खनाल–नेपाल समूहको भेला

फाइल तस्विर

काठमाडौं । धनगढीमा नेकपा एमालेको खनाल–नेपाल समूहको भेला सुरु भएको छ । निलम्बनको कारबाहीमा परेका नेता भीम रावलको नेतृत्वमा भेला सुरु भएको हो । पार्टी पुनर्गठनको राष्ट्रव्यापी अभियान अन्तर्गत धनगढीमा भेला आयोजना गरिएको हो । नेता रावलले धनगढीको भेलाले पार्टी सुदृढीकरणमा सहयोग गर्ने बताए ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता रावललाई सुदूररपश्चिम इन्चार्जबाट हटाएर माओवादीबाट आएका लेखराज भट्टलाई सो जिम्मेबारी दिएका छन्। ओलीको निर्णयपछि सुदूरपश्चिममा रावल निकट नेता कार्यकर्ताहरु आक्रोशित छन्।

प्रतिक्रिया