बढ्यो सुनको मूल्य

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मुल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुन आज प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मुल्य ८६ हजार नौ सय पचास रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदी आज तोलामा ३० रुपैयाँले वृद्धि भई प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया