बच्चालाई अन्दाजको भरमा औषधि : भयंकर खतरा

डा. सञ्जयराज थापा

म आफू कार्यरत ग्रान्डी अस्पतालमा विशेषगरी पिसाबको समस्या भएका बच्चाहरू बढी मात्रामा आउने गरेका छन् । प्रविधिको विस्तारसँगै अहिले हरेक वच्चाहरू मोबाइलको पहुँच नजिक रहेका छन् । उनीहरूले मोबाइल चलाएर विभिन्न खेल खेल्दा वा कार्टुन हेर्दा दिशा वा पिसाबका लागि चर्पी जान बिर्सेका हुन्छन् । जसले गर्दा मूत्रथैलीहरू सुनिन्ने वा पिसाबसम्बन्धी रोगहरू लाग्ने गरेको पाइन्छ ।

१६ वर्षभन्दा कम उमेरकालाई हुने जुनसुकै रोगको समस्यालाई बालरोग भनिन्छ । आफूलाई के समस्या भएको हो ? त्यसको लक्षण बताउन बालबालिकाहरूले सक्दैनन् । त्यसैले वयस्कको तुलनामा बालरोग पहिचान गर्न अली बढी समय लाग्छ अर्थात रोग लागेको छ भन्ने बारेमा बच्चाहरू बोल्न नसक्दा रोगको पहिचान गर्न गाह्रो हुन्छ । बच्चाहरूको रोग लागेको छ कि छैन भन्ने कुरा उनीहरूको जीवनयापन परिवर्तनसँगै थाहा हुन्छ । बच्चा रोयो भने, खाना खाएन भने, अन्य व्यवहारमा परिवर्तन ग¥यो भने स्वास्थ्य समस्या भएको अनुमान गर्नुपर्छ । बच्चाहरू आफ्नो रोगको बारेमा सजिलै भन्न नसक्ने भएकाले डाक्टरलाई पनि बालरोगको बारेमा पहिचान गर्न गाह्रो हुन्छ । त्यसैले वयस्क र वृद्धवृद्धाजस्तो बालरोगको उपचार चुनौतीपूर्ण छ । बच्चाहरू बोल्न नसक्ने भएकाले बच्चाको ससाना रोगहरू थाहा नहुने समेत हुन्छ ।

नेपालको ४० प्रतिशत जनसंख्या १८ वर्ष मुनिका बालबालिका छन् । त्यसैले बालरोग उपचारको उचित व्यवस्था गर्ने हो भने मुलुकको स्वास्थ्य क्षेत्रको करिव आधा समस्या समाधान हुन्छ । आजका बालबालिका भोलिका कर्णधार भएकोले पनि बालस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु राज्यको कर्तव्य हुन जान्छ । तर, नेपालका दुईतिहाइ बालबालिका स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकताबाट वञ्चित छन् । यसको मुख्य कारण भनेको हाम्रो मुलुकको आर्थिक अवस्था हो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को मानव विकास प्रतिवेदनअनुसार, एसियाका ५८ राष्ट्रहरू मध्ये नेपाल तेस्रो अति गरिब राष्ट्र हो जसको मानव विकास सूचकांक छैटौँ न्यून स्थानमा छ । यसका अतिरिक्त धन, भूगोल, भाषा, शिक्षा, जाति, लिंग, उमेर, अपांगता, र आयका आधारमा पनि देशमा निकै असमानता रहेको छ । अधिकांश बालबालिका र किशोरकिशोरीहरू देशले गरिरहेका विभिन्न प्रगतिबाट बाहिर रहेका छन् र कैयौँ अधिकारहरूबाट वञ्चित पनि भएका छन् ।

अब गर्मी मौसम सुरु हुँदै छ । यो अवस्थामा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्छ । जसमध्ये सबैभन्दा समस्यामा पर्ने बालबालिका नै हुन् । गर्मी मौसममा धेरैजसो बालबालिका रोगको सिकार हुन्छन् । यो मौसममा बढी गर्मी हुने भएकाले खाएको खाना राम्रोसँग पच्दैन । त्यसैले गर्मीमा बालबालिकाहरूमा झाडापखाला, आउँ, एलर्जी, ठेउला, दादुराजस्ता समस्या देखा पर्छन् । यो मौसममा चिसा खानेकुरा खाइने भएकाले हाँडे आउने सम्भावना पनि उत्तिकै हुन्छ । यसैगरी औलो, मस्तिष्क ज्वरो पनि आउन सक्छ भने तराईमा मलेरिया हुनसक्छ । त्यसबाहेक दूषित पानीबाट टाइफाइड, हैजा, निमोनिया, घाउखटिरा तथा मेनेन्जाइटिसले सताउनुका साथै जुका पनि पर्न सक्छ ।

सामान्यतयाः एक वर्षमुनिका बालबालिका बढी बिरामी पर्छन् । गर्मीमा मात्र नभई जुनसुकै मौसममा पनि यो उमेरका बालबालिका बढी बिरामी पर्छन् । त्यसबाहेक पाँच वर्षसम्मका बालबालिका पनि बिरामी पर्छन् । बालबालिका बिरामी पर्ने कारण यही हो भन्ने छैन । बिरामी पर्ने धेरै कारण हुन्छन् । रोगको प्रकृतिअनुसार बिरामी हुने कारण पत्ता लगाउन सकिन्छ । गर्मी मौसममा बान्ता तथा झाडापखाला लाग्ने कारण भने दूषित खानपान तथा पानी नै हो । बासी, सडेगलेका तथा झिंगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुराबाट पनि रोग लाग्नसक्छ । खाना राख्ने तथा खाने भाँडा फोहोर भएर पनि रोग लाग्छ । बजारमा काटेर राखिएका फलफूल नधोइ खानु हँुदैन । यसैगरी सागसब्जी तथा सलाद पनि सफा पानीले नपखाली खाए बिरामी भइन्छ । यो मौसममा झिंगा, लामखुट्टे, फट्यांग्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवं रहनसहनमा विशेष ध्यान पु¥याउनु आवश्यक छ ।

बालबालिकालाई समस्या भए नभएको कसरी थाह पाउने ? भन्ने कुरा नै बाल स्वास्थ्यको क्षेत्रमा सबैभन्दा महत्वपूर्ण हो । यो कुरा थाह भयो भने समयमै अस्पताल पु¥याउन सकिन्छ । रोगले धेरै नच्याप्दै अस्पताल पु¥याउन सकियो भने थोरै खर्चमा छिटो सञ्चो हुन्छ । बच्चाहरूलाई रोग लागेको छ कि छैन भन्ने कुरा थाहा पाउने भनेको उनीहरूको जीवनयापन परिवर्तनबाट नै हो । बच्चाको आमालाई यो कुरा छिटो थाहा हुन्छ । बच्चा रोएर, नखाएर, रहनसहन परिवर्तन हुनु नै बालरोग हो । तर ससाना समस्या भने आमालाई थाहा नहुन पनि सक्छ । त्यसैले बच्चालाई रोग नहुँदा पनि तीन महिना वा ६ महिनामा जँचाइरहनुपर्छ । जसले गर्दा बच्चाहरूलाई कुनै रोग लागेको छ वा छैन भन्ने कुरा सहजै थाहा पाउन सकिन्छ ।
हाम्रो मुलुक गरिब भएकै कारण बालरोग विशेषज्ञ सेवा सरकारले सबै ठाउँमा पु¥याउन सकेको छैन । निजी क्षेत्र पनि ठूला सहर तथा राजधानी केन्द्रित छ । म आफू कार्यरत ग्राण्डी अस्पतालमा विशेषगरी पिसाबको समस्या भएका बच्चाहरू बढी मात्रामा आउने गरेका छन् । प्रविधिको विस्तारसँगै अहिले हरेक वच्चाहरू मोबाइलको पहुँच नजिक रहेका छन् । उनीहरूले मोबाइल चलाएर विभिन्न खेल खेल्दा वा कार्टुन हेर्दा दिशा वा पिसाबका लागि चर्पी जान बिर्सेका हुन्छन् । जसले गर्दा मूत्रथैलीहरू सुनिन्ने वा पिसाबसम्बन्धी रोगहरू लाग्ने गरेको पाइन्छ ।

बच्चाहरूलाई जन्मेको पहिलो तीन महिनामा हरेक महिना अस्पताल वा स्वास्थ्य केन्द्रमा लगेर चेकजाँच गर्नु राम्रो हुन्छ । तीन महिना पछाडिपछि एक वर्षसम्म प्रत्येक तीन महिनामा र एक वर्ष नाघेपछि प्रत्येक ६ महिनामा अस्पताल वा स्वास्थ्यकेन्द्र लैजानु उपयुक्त हुन्छ । हाम्रो जस्तो देशका बच्चाहरूलाई सामान्य निमोनियाबाट हुने मेनिनजाइटिस, हातखुट्टा नचल्ने, भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने समस्या बढी हुने गरेको छ ।

निमोनियाबाट बच्न खोपमा ध्यान दिनु उपयुक्त हुन्छ । अन्दाजको भरमा औषधी खुवाउनु हुँदैन । बच्चाहरूको रोग बारम्बार बल्झन हुन सक्छ । यस्तो भएमा सम्बन्धित चिकित्सककोमा लगेर उपचार गर्नु राम्रो हुन्छ । साधारण रुघाखोकी भनेर हेलचेक्राइ वा जथाभावी रूपमा औषधि लिएर खाँदा समस्या हुने हुन्छ । बच्चाहरूको तौलअनुसार एन्टिबायोटिक औषधि चलाउने हुँदा सोहीअनुसार नै चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । बच्चालाई स्वास्थ्य राख्न पहिलो कुरा त बच्चाको खानपान र सरसफाइमा ध्यान दिनुप¥यो । बच्चा बिरामी भयो भने बच्चाकै डाक्टरलाई देखाउनुपर्छ । अन्दाजको भरमा औषधि दिँदा बच्चाहरूलाई समस्या हुन सक्छ । बच्चामा हुने रोग जो कोहीले पहिचान गर्न गाह्रो हुन्छ । यदि बच्चालाई जुनसुकै रोगले आक्रमण गरिहाल्यो भने बालरोग विशेषज्ञलाई नै देखाउनु राम्रो हुन्छ । अन्दाजको भरमा औषधि सेवन नगरौँ । (डा. थापा बालरोग विशेषज्ञ हुन्)

प्रतिक्रिया